scheduleशुक्रवारफाल्गुन २१ गते, २०७७

‘मिस नर्स’को तेस्रो संस्करणकालागि आवेदन खुल्ला

काठमाडौं, १९ कात्तिक । व्यवसायिक मोडल उत्पादन तथा विभिन्न प्रतिस्पर्धात्मक सौन्दर्य प्रतियोगिताहरु सञ्चालन गर्दै आएको नेस्ट मोडल्स नेपालले ‘मिस नर्स’को तेस्रो संस्करणका लागि आवेदन फारम खुल्ला गरेको छ । स्वास्थ्य सेवासँग सम्बन्धित एकमात्रै सौन्दर्य प्रतियोगिताको रुपमा दुई सफल संस्करणपछि ‘मिस नर्स-२०७२’ आयोजना हुने भएको हो ।

Miss Nurse

आयोजक नेक्स्ट मोडल्स् नेपालले बुधबार विज्ञप्तिमार्फत ‘मिस नर्स नेपाल-२०७२’का लागि आवेदन खुल्ला गरिएको जनाएको छ । राजधानीमा आगामी पुष २५ गते एक भव्य कार्यक्रमसहित आयोजना हुने प्रतियोगितामा देशभरका ८० भन्दाबढी नर्सिङ कलेजका विद्यार्थी तथा एक सय भन्दाबढी अस्पतालमा कार्यरत नर्स सहभागी हुनेछन् ।

प्रतियोगिता यस वर्ष पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका नर्सहरुले सहभागिता जनाउन सक्ने नेक्स्ट मोडल नेपालका सिईओ रवि धमलाले बताए । देशका प्रमुख शहरमा गरिने अडिसनबाट छनौट भएका उत्कृष्ट प्रतियोगीबीच अन्तिम प्रतिस्पर्धा गराएर मुख्य उपाधि सहित १२ विभिन्न उप–विधामा पुरस्कृत गरिने कार्यक्रम संयोजक यत्ना पाण्डेले बताइन् ।

प्रतियोगिता अन्तिम स्पर्धाकालागि छानिएका प्रतियोगिलाई व्यक्तित्व विकास, सञ्चार कला, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तिकरण, सञ्चार कला, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, फोटो सेसन, महिला सशक्तिकरण, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक संजालको सहि सदुपयोगलगायतका विषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिताका लागि नर्सिङ कलेजमा कम्तिमा एक वर्ष अध्यायनरत तथा कुनै पनि नर्सिङ संस्थामा कार्यरत २८ वर्ष उमेर ननाघेको हुनुपर्ने र उचाई कम्तीमा ५ फिट हुनुपर्नेछ । आवेदन फारम ४ मंसिरसम्म वितरण हुने र प्रतियोगितको पहिलो अडिसन ५ मंसिरमा राजधानीमा हुनेछ । आवेदन फारम नेक्स्ट मोडल्स नेपालको अनामनगरस्थित कार्यालय (फोन नम्बर ०१४२५३२७२) तथा ‘नेक्स्टमोडल्स नेपाल डट कम’मा उपलब्ध हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay