scheduleबिहिवारफाल्गुन २० गते, २०७७

रक्सीको तालमा भारतीय कलाकार कपिल शर्माद्वारा महिलामाथि दुर्व्यबहार

kapil

एजेन्सी । चर्चामा रहेका भारतीय हास्यकलाकार कपिल शर्माले अन्य कलाकारलाई दुर्व्यबहार गरेको खुलासा भएको छ । उनले एक कार्यक्रममा धेरै रक्सी पिएर अन्यमाथि अभद्र व्यबहार गरेको बताइएको छ ।
भारतीय अनलाईन नइ दुनियाँका अनुसार, उनले इन्टरनेश्ननल मराठी फिल्म फेस्बिल अवार्डस कार्यक्रममा धेरै रक्सि पिएका थिए । रक्सी पिएपछि उनले मोनाली ठाकुर, तनिषा मुखर्जी र अन्य महिला कलाकारमाथि गलत व्यबहार गरेका थिए । उनको यस हर्कत देखेपछि उनको पूर्व प्रेमिका प्रीति सिमोस समेत दुखि हुँदै कार्यक्रम छोडेर भागेकी थिइन् ।
यस विषयमा कुरा गर्न खोज्दा उनले मुम्बइ पुगेर यो घटनाबारे जानकारी गराउने बताएका थिए । उनले यस घटनाबारे ट्विटमा समेत उल्लेख गरेको बताइएको छ ।
इटलीमा भएको उक्त कार्यक्रममा बलियुड तथा अन्य कलाकार पनि पुगेका थिए । कार्यक्रममा गायीका मिका सिंह, मोनाली ठाकुर, कणिका कपुर, एक्टर्स तनुजा, तनिषा मुखर्जि, सनी लियोन, सुशिल शेठ्ठि, सुमित राघवन र सचिन पिलगान्बकर सहभागि थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay