scheduleआइतवार श्रावण ५ गते, २०७६

राम्रो बन्न मन छ ? यो हो उपयोगी घरेलु क्रिम ! (प्रयोग विधिसहित)

छालाको रंगरोगन निखार्न र सुन्दर देखिन दहीको प्रयोग कहिल्यै गर्नुभएको छ ? यदि छैन भने अब गर्नुस् । दही पोषणका लागि जति उपयोगी छ, त्यत्ति नै छालाको रंगरोगन सुन्दर बनाउन पनि । हालै गरिएको एक अनुसन्धानको निष्कर्षअनुसार छालासँग जोडिएका हरेक समस्याका लागि दही बहुतै उपयोगी हुन्छ ।

Curd

यसले दाग, धब्बा हटाउनुका साथै छालाको चमक फिर्ता ल्याउँछ । यदि तपाईंले दहीमा अरु कुनै दोस्रो तत्व मिसाउनुभयो भने त यो झनै उपयोगी हुन्छ । चाहनुभयो भने दहीमा कागतीको रस, टमाटरको रस जस्ता नेचुरल चिज मिसाउन सक्नुहुन्छ । सही परिणाम पाउनका लागि हप्तामा दुई पटक दहीको प्रयोग गर्नु जरुरी छ ।

 

१. कतिपयको मुहारमा पटक-पटक डण्डीफोरको समस्या देखिने गरेको छ । यसलाई ठिक गर्नका लागि पनि दहीको प्रयोग गर्न सकिन्छ । पहिले अनुहारलाई राम्ररी पानीले सफा गर्नुस् । त्यसपछि राम्रोसँग पुच्छ्नुस् । जब पानी पूरा सुक्छ, तब प्रभावित भागमा दही लगाउनुस् । यसलाई करिब १५ मिनेट त्यही रहन दिनुस् अनि पखाल्नुस् ।

 

२. यदि तपाईंको छाला निकै सुख्खा छ भने पानीको कमी मुख्य कारण हुनसक्छ । पहिलो उपाय त प्रसस्त पानी पिउन थाल्नुस् । यसका साथै अनुहारमा दहीको लेप लगाउनुस् । यसमा थोरै मह मिसाएर लगाउँदा थप प्रभावकारि हुन्छ ।

 

३. दहीको फेस प्याक लगाउन थालेपछि अनुहारमा चमक देखिन थाल्छ । दहीले डेड स्किन सफा हुन्छ, साथै अनुहारमा निखार पनि आउँछ । दहीलाई हातमा लिएर १५ मिनेटसम्म अनुहारमा मसाज गर्नुस् । त्यसपछि केही समय त्यहीँ रहन दिनुस् ।  त्यसपछि मनतातो पानीले अनुहार सफा गर्नुस् ।

 

४. यदि तपाईंको अनुहारमा एकदमै धेरै दाग-धब्बा छ भने दहीको प्रयोग तपाई‌का लागि पनि निकै फाइदाजनक हुन्छ । यसमा रहेको प्रोटीनले छालामा चमक ल्याउन मद्दत गर्छ । दहीको प्याक अनुहारमा लगाएर केहिबेर रहनदिनुस्, ताकि छालाले पोषक तत्व सोस्न पाओस् । यसबाट अनुहारको दागधब्बा हटेर जान्छ ।

 

५. निद्राको कमीका कारण आँखाको तल कालो घेरा (डार्क सर्कल) देखिने गर्छ । गलत खानपान पनि यसको कारण हुनसक्छ । यदि तपाईंको अनुहारमा पनि डार्क सर्कल देखिएको छ भने दहीको प्याक लगाउन सक्नुहुन्छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob