scheduleमगलवार कार्तिक २६ गते, २०७६

चितवनमा थप ६ जनामा डेंगु भेटियो

चितवन, २२ कात्तिक । चितवनमा थप ६ जनामा डेंगु पुष्टि भएको छ । गएको असोज महिनासम्म २६ जनालाई डेंगु लागेको पाइएकामा कात्तिक लागेपछि थप ६ जनामा यो रोग पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए ।

mosquito biting डेंगुउनका अनुसार कात्तिक महिनामा परीक्षणमा प्रयोग गरिने कीट अभावका कारण पूर्ण परीक्षण गर्न पाइएको छैन । जसका कारण काम प्रभावित हुँदै आएको छ ।

आव २०७२/७३ को सुरुको तीन महिनामा २६ जनामा डेंगु रोग लागेको भेटिएको थियो । कात्तिक लागेपछि ६ जना थपिएर यो वर्ष डेंगुको सङ्क्रमण भएका बिरामीको सङ्ख्या ३२ पुगेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार कुल करिब ५०० जना ज्वरोका बिरामीको परीक्षणमा ३२ जनामा डेंगु पुष्टि भएको हो ।

चाडबाडको बेलामा डेंगु देखिएपछि सङ्क्रमण फैलन नदिन जनस्वास्थ्य कार्यालय चितवनले स्वयम्सेविका परिचालन गरेर आजदेखि लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने तीनदिने अभियान सुरु भएको छ ।

स्वयम्सेविकालाई प्रशिक्षण दिएर खटाइएको कार्यालयले जनाएको छ । यसका लागि ९१ जना स्वयम्सेवीका परिचालन गरिएको केसीले बताए । भरतपुरको विभिन्न १४ वटा वडामा अभियान सुरु गर्न लागिएको कार्यालयका कीट नियन्त्रण निरीक्षक केसीले जानकारी दिए ।

अघिल्लो वर्ष कुल एक हजार ७७० जनाको परीक्षणमा ११९ जनामा डेंगु लागेको पाइएको थियो । गएको वैशाखदेखि साउनसम्म रोग न्यून देखिएपनि त्यसपछि केही बढेको पाइएको छ ।

एडिस एजेप्टाइ नामको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ । उक्त लामखुट्टे कुनै पनि भाँडामा जमेको सफा पानीमा बस्ने र उसका लार्भा त्यसैमा हुर्कने गर्छ ।

गमला, टायर तथा फालिएका प्लास्टिकका भाँडामा जमेको पानीमा यसले फूल पार्ने गर्छ । जसबाट लामखुट्टेको विकास भई सङ्क्रमित लामखुट्टेले टोकेमा यो रोग सर्छ ।

त्यसैले यस्ता भाँडामा पानी जम्न नदिन र लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकले आग्रह गरेका छन् । रासस

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage