scheduleसोमवार भाद्र २ गते, २०७६

मधेसमा एमालेको अभियान, मधेसी जनतालाई यस्तो सन्देश

काठमाडौं, २२ कात्तिक । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालसहितको प्रतिनिधिमण्डल मधेस आन्दोलन देश र मधेसी जनताका हितमा नरहेको सन्देश दिन एक अभियान लिएर पूर्वीतराईको बारा जिल्लामा पुगेको छ ।

uml central officeकरिब तीन महिनादेखि त्यसक्षेत्रमा जारी आन्दोलनबाट उत्पन्न भएका भ्रमबारे पार्टीका स्थानीय तहका नेतालाई प्रशिक्षण गर्ने उद्देश्यले गएको सो प्रतिनिधिमण्डले नयाँ संविधानमा मधेसीले के पाए, के पाएनन्, भन्ने विषयमा संविधानमै केन्द्रित भई छलफल चलाउने छ ।

प्रमुख दलहरु मधेसमा जाने अवस्था नरहेको अवस्थामा एमालेले मधेस केन्द्रित गरेर अभियान सुरु गरेको हो । यसबाट संविधानका विषयमा मधेसमा फैलाईएको भ्रम चिर्न सहयोग पुग्ने एमालेको विश्वास छ । प्रमुख दलहरु संविधान जारी भएपछि मधेसमा कुनै पनि अभियान लिएर जान सकेका छैनन् ।

यसैबीच मधेसी जनतालाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पारेको भ्रमलाई वैज्ञानिक ढङ्गबाट अन्त्य गर्न बाराको सिमरामा उपमहासचिव भुसालले त्यस आसपास क्षेत्रका मधेसी नेता तथा कायकर्तालाई सम्बोधन गर्दै अहिलेको संविधान लोकतान्त्रिक हिसाबले धेरै राम्रो र सम्पूर्ण जनताले अधिकार प्राप्त गरेको बताए ।

उनले मधेसी मोर्चा जनतालाई भ्रममा पारेर विदेशीसँग मिलेर मधेस आन्दोलन गरिरहेको बताउँदै संविधानप्रति कसैको चित्त नबुझेको विषय प्रक्रियामा गएर संशोधन गर्न सकिने हुँदा मधेस आन्दोलनका पछाडि नलाग्न मधेसी समुदायलाई आग्रह गरे ।

भ्रमणमा एमाले पोलिटब्युरो सदस्य शत्रुघ्न महतो, नेता पुरुषोत्तम पौडेललगायत छन‍ । सो प्रतिनिधिमण्डलले छठ पर्व अगाडि पर्सा तथा मङ्सिरमा पुनः बाराका अन्य स्थानमा प्रशिक्षण सञ्चालन गर्ने बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage