scheduleशुक्रवार मंसिर ६ गते, २०७६

ओबामा फेसबुकमा, ढिलागरी किन आए उनी ?

काठमाडौं, २४ कात्तिक । ह्वाइट हाउसले सोमबार अमेरिकी राष्ट्रपति बराक ओबामाको फेसबुक पेज लञ्च गरेको छ । ओबामा फेसबुकमा प्रवेश गरेको केही घण्टामै झण्डै ६ लाख जनाले उनलाई लाईक गरिसकेका छन् । ‘प्रेसिडेन्ट ओबामा’को नामबाट खोलिएको उनको फेसबुक पेजमा ‘पब्लिक फिगर’ भन्ने पहिचान दिइएको छ ।

Obama at FB

ओबामाले आफ्नो पहिलो पोस्ट क्लाईमेट चेन्जका सम्बन्धमा लेखेका छन् । सो भिडियो पोस्टमा ओबामाले ह्वाईट हाउसपछाडिको बगैँचामा टहलिँदै फेसबुक प्रयोगकर्ताहरुलाई जलवायु संरक्षणको सन्देश दिएका छन् ।

 

के छ ओबामाको सन्देशमा ?

ओबामाले यस पोस्टमा लेखेका छन्, ‘हेलो फेसबुक ! अन्तत: मेले आफ्नो फेसबुक पेज पाएँ । म तपाईंलाई आफूसँगै हिँड्नका लागि निमन्त्रणा गर्दछु । मेरो चाहना यत्ति हो, फ्यूचरका प्रेसिडेण्टहरु पनि यसैगरी घुमुन् । म चाहन्छु अमेरिकी नागरिकहरु प्रकृति, पहाड र समूद्रसँग इन्जोई गर्न सकुन् । सारा विश्वले यो सुन्दर प्रकृति आफ्नो भावी पुस्तालाई जस्ताको तस्तै हस्तान्तरण गर्न सकोस्, भन्ने मेरो चाहना छ । प्रकृति भगवानको सुन्दर उपहार हो ।’

 

फेसबुकमा किन आए ओबामा ?

फेसबुकमा आउनुको कारणबारे ओबामाले भनेका छन्, ‘आजभोलि हर ४ मध्ये एक वयस्क मानिस फेसबुकमा अनलाईन हुन्छ । मानिसहरुसँग जोडिनका लागि यो उपयोगी तरिका हो ।

ओबामाको पहिलो पोस्टमा फेसबुकका संस्थापक मार्क जुकरबर्कले उनलाई स्वागत गरेका छन् । उनले ओबामाको फेसबुक आगमनले आफू उत्साहित रहेको लेखेका छन् ।

स्मरण रहोस्, ट्वीटरमा भने ओबामा पहिले नै जोडिएका थिए । त्यहाँ उनले ‘बराक ओबामा’ नामको ट्वीटर ह्याण्डल चलाउँछन् ।  ट्वीटरमा ओबामाका ५० लाखभन्दा बढि फलोअर छन् ।

 

फेसबुक पोस्ट:

Hello, Facebook! I finally got my very own page. I hope you’ll think of this as a place where we can have real…

Posted by President Obama on Monday, November 9, 2015

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage