scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

कालोबजारी नियन्त्रण गर्न प्रहरी अनुगमन सुरु

काठमाडौं, २४ कात्तिक । नेपाल प्रहरीले नाकाबन्दी र चाडपर्वको मौका छोपी खाद्यान्नमा मिसावट र कालोबजारी नियन्त्रण गर्न राजधानीमा बजार अनुगमन सुरु गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी काठमाडौँका सहायक प्रजिअको अध्यक्षतामा वाणिज्य विभाग, नेपाल प्रहरी, काठमाडौँं महानगरपालिका तथा उपभोक्ता मञ्च समेतलाई संलग्नता गराई अनुगमन टोलीको गठन गरी बजार अनुगमनको व्यवस्था मिलाइएको जानकारी दिए ।
nepal police ryali (10)

तिहार, छठ तथा अन्य चाडबाड समेतलाई ध्यानमा राखी काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई त्रुटिरहित, भरपर्दो, विश्वसनीय र मजबुत बनाई जनमानसमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन काठमाडौँ परिसर मातहतबाट रणनीति अवलम्बन गरिएको उनले जानकारी दिए ।

राजधानी भित्रने सम्भावित नाकाको पहिचान गरी सादा पोसाकका प्रहरी परिचालन र सुरक्षा जाँच तदारुकताका साथ गरिएको उनले बताए ।

तिहार पर्वलाई लक्ष्य गरी भुइँचम्पा, पटाका आतसबाजी जस्ता विस्फोटक पदार्थको कारोबार गर्नेलाई कानुनी दायरामा ल्याइने परिसरले जनाएको छ ।

काठमाडौँंबाट बाहिर जाने र आउने यात्रुलाई सरल–सुलभ तरिकाले यात्राको व्यवस्था मिलाइने तथा यात्रुलाई अनावश्यक हैरानी दिने, दोहोरो टिकट दिने, टिकट बिचौलिया गर्नेमाथि प्रहरीले निगरानी बढाएको जनाइएको छ ।

प्रहरीले गृह मन्त्रालयको निर्णयानुसार राजधानीमा राति १० बजे सम्म मात्रै देउसीभैलो खेल्न दिने भएको छ ।

स्थानीय प्रशासनको स्वीकृतिबिना सञ्चालन भएका उपहार कार्यक्रम तथा चिठ्ठा जफत गरी सञ्चालकलाई कानुनी दायरामा ल्याइने तथा चाडपर्वका अवसरमा व्यक्तिगत तथा सङ्गठित रुपमा जुवा, तासलगायत खेल्ने खेलाउनेलाई पक्राउ गरी कानुनी दायरामा ल्याइने भएको छ ।

धूमपान गर्नेलाई कारबाही
काठमाडौँ प्रहरीले धूमपान, सूर्तीजन्य पदार्थ र लागुपदार्थ नियन्त्रण र नियमन गर्न टोली गठन गरेको छ ।

सार्वजानिक स्थानमा धूमपान र सूर्तिजन्य पदार्थ प्रयोग गरिएको पाइएमा तत्काल सोही स्थानमा प्रयोग नगर्न अनुरोध गरिने तथा धूमपान र सूर्तीजन्य पदार्थ प्रयोग गर्दा हुने हानिका विषयमा परामर्श दिइने छ । परिचालित टोलीले धूमपान तथा लागुऔषध नियन्त्रण लेखिएको ज्याकेट लगाउने छन् । रासस÷

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage