scheduleआइतवारबैशाख ५ गते, २०७८

तिहारको उपलक्ष्यमा पाकिस्तानी प्रधानमन्त्रीको शुभकामना

पाकिस्तानको इतिहासमै हिन्दू पर्वमा पहिलोपटक प्रधानमन्त्रीको शुभकामना

Nawaz-Shariffइस्लामावाद, कार्तिक २६ । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले तिहारको उपलक्ष्यमा सम्पूर्ण हिन्दूहरुलाई शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमा आफू मुस्लिम समुदायको ब्यक्ति भए पनि हिन्दुहरुलाई साथ दिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

प्रधानमन्त्री शरीफले तिहारको उपलक्ष्यमा पाकिस्तानमा रहेका हिन्दुहरुलाई शुभकामना दिँदै भनेका छन्, ‘कोही अत्याचारको शिकार भइरहेको छ भने उसको सम्बन्ध जुनसूकै धर्म–सम्प्रदायको भए पनि उसलाई मद्दत गर्नु मेरो जिम्मेवारी हो ।’

पाकिस्तानको इतिहासमा हिन्दूहरुको पर्वमा शुभकामना दिने पहिलो प्रधानमन्त्री बन्दै उनले आफू जातीय भेदभावको अन्त्य गर्न र हिन्दुहरुमाथि ज्यादती गर्ने मुस्लिम समुदायका जो सुकैलाई कडा कारबाही प्रतिबद्ध रहेको बताएका छन् । उनले आफू मुस्लिम भएपनि अत्याचार गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । उनले हिन्दूहरुले पर्वका अवसरमा आफूलाई रंग लगाइदिएमा निकै खुसी लाग्ने उल्लेख गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले देखाएको यो सहिस्णुताको त्यहाँका जनताले खुलेर प्रशंसा गरिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay