scheduleआइतवारबैशाख ५ गते, २०७८

तिहारमा फूल र मालाको माग धान्नै गाह्रो

Flower फूलरत्ननगर (चितवन), २६ कात्तिक । चितवनमा यसवर्ष फूल र मालाको माग धान्नै गाह्रो भएको छ । विगत १० वर्षदेखि मालाको व्यापार गर्दै आएकी नारायणगढकी जालमायाँ तामाङ माला नआएपछि किलोमा फूल किनेर उभिरहेकी छन् । थोरै माला आएपछि माग धान्न नसक्ने भएकाले फूल किनेर माला उनिरहेको उनले बताएन् ।

‘भारतीय माला आउने आश छैन, फूल किनेर माला बनाएर बिक्री गर्नु परेको छ,’ उनले भनिन् । तामाङले जस्तै अन्य व्यापारीले पनि फूल किनेर माला उनिरहेका छन् । प्रतिकिलो ८० मा फूल किनेका उनीहरु १०० देखि १२० सम्ममा बिक्री गरिरहेका छन् ।

सयपत्री फूलको मालाको मूल्य १५० सम्म पर्ने व्यापारी सविना कोइरालाले बताइन् । मखमली माला ८० देखि रु १०० सम्ममा बिक्री हुन्छ । नारायणगढको तरकारी बजारमा मालाको व्यापार गर्दै आएकी जुलेखा खातुन नेपाली फूलले माग धान्न गाह्रो भएको बताउँछिन् ।

गत वर्ष माला ६० देखि १०० सम्ममा बिक्री भएको थियो । अहिले १५० सम्म पर्ने गरेको छ । जिल्लाको नारायणगढस्थित तरकारी मण्डीमा मालाको बढी कारोवार हुने गर्छ । मालाको मूल्यमा एकरुपता नभएको सर्वसाधारणको गुनासो रहेको छ ।

एउटै फूलको मालाको मूल्य पसलैपिच्छे फरक फरक रहेको छ । जसका कारण उपभोक्ता मारमा परेका छन् । व्यापारीका अनुशार तरकारी बजारमा मात्रै तिहारमा ६० लाख बढीको मालाको कारोबार हुन्छ । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay