scheduleबिहिवारफाल्गुन २० गते, २०७७

यी हुन् देउसी जाँदा घरबेटी नउठेपछि पिढीलाई शौचालय बनाउने दीपकराज

dipakraj giriकाठमाडौं, २९ कात्तिक । तिहारमा देउसी खेल्न जाँदा घरबेटी नउठेपछि चर्चित कलाकार दीपकराज गिरीले पिढीलाई शौचालय बनाएर फर्केको बताएका छन् ।

०३६ सालतिरको देउसी सम्झिँदै दीपकराज भन्छन्– ०३६ सालको त्यो तिहार सम्झेर मलाई अहिले पनि हाँसो छुट्छ । सम्पूर्ण कुरा खोल्यो भने ३६ वर्षपछि अहिले आएर कारवाहीमा परिएला भन्ने डर लाग्छ । मेरा किरण, दीपक, अञ्जनीलगायत केही मिल्ने साथी थिए ।
हामी देउसी खेल्न भन्दै निस्किएका थियौं, टोल छिमेकका आफ्नै नातागोता पर्नेकोमा । रात पर्दै गएपछि घरका मान्छेहरु सुतिसकेका थिए ।

हामीले आँगनमा गएर जति भट्याए पनि उठ्दै उठ्दैनथे । हामीलाई पनि रिस खुबै उठ्थ्यो । राति उठेर हामीलाई रोटी, दक्षिणा नदिनेको घरको पिँढीमा दिसा गरिदिएका थियौं ।

राति बदमासी गरिसकेपछि भोलिपल्ट हामी साथीभाइ मिलेर तिनै घरमा पुगेका थियौं । उनीहरु चर्को गाली गरिरहेका हुन्थे, ‘को मरेछ’ भन्दै । हामीले हो भन्ने थाहा पाएका थिएनन् । हामी मरी मरी हाँस्थ्यौं ।
नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay