scheduleशनिवार आश्विन ४ गते, २०७६

जुवाडेबाट तेइस लाख बरामद

Moneyभद्रपुर, १ मङ्सिर । जिल्ला प्रहरी कार्यालय झापाले दसैँ तिहार लक्षित विशेष अभियान अन्तर्गत ९७ जुवाडेबाट २३ लाख ४२ हजार ८४१ नगद तथा विभिन्न कम्पनीका १२ थान मोबाइल फोन बरामद गरेको छ ।

प्रहरीको गत भदौ ३० गतेदेखि कात्तिक २७ सम्मको अपराध नियन्त्रण अभियानका क्रममा जुवाडेहरुलाई पक्राउ गरी कानुनी कारबाही चलाइएको झापा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।

सार्वजनिक अपराध कानुनअनुसार जनही दुई हजारदेखि पाँच हजारसम्म जरिवाना गरी जुवाडेलाई प्रशासनले कारबाही गरेको बताइएको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage