scheduleबिहिवारफाल्गुन २० गते, २०७७

काठमाडाैंमा भूकम्पले हल्लाउँदै गर्दा कलाकार दिपकराज गिरिको यस्तो ‘सिन’

dipakraj giri

 

काठमाडौं, ३ मंसिर । काठ्माडौं सहित आसपासका जिल्लाहरुमा बिहीबार विहान भूकम्पको ठूलै धक्का महशुस भयाे। निकै लामो समयपछि सिन्धुपाल्चोकलाई केन्द्रविन्द बनाएर आएको ५ दशमलब ३ रेक्टर स्केलको पराकम्पका कारण सर्वसाधरण पुन त्रसित बने । भूकम्पकको धक्का धक्का लगत्तै सामाजिक सञ्जालमा आ–आफ्नो अनुभूति साट्ने तिब्रता बढ्यो ।
चर्चित हास्य कलाकार दिपकराज गिरिले भूकम्पको धक्का लगत्तै सामाजिक सञ्जाल फेसबुकमा आफ्नो अनुभव साट्न भ्याइहाले । राजधानीको कुनै गल्लिमा यात्राको क्रममा भूकम्पको धक्का महशुष हुँदा उनी छोरा र श्रीमतीसँगै थिए । छोराले मम्मी भूकम्पको धक्का फेरि आयो भनेपछि उनले थाहा पाए । अनि चलचित्रको ‘सिन १’ भन्दै यस्तो लेखे ।
‘स्थान : काठमान्डुको कुनै गल्लि…
पात्र : मम्मि र सानो छोरा…
सानो छोरा : मम्मि फेरी आयो भूइँचालो
मम्मिः हो बा हो अलि ठूलै गयो बाबु, ठूलै गयो ।
सानो छोरा : मम्मि हामी भूइँचालोले पहिला मरिन्छकी नाकाबन्दीले ? (ब्याक्राउन्डमा sad music)

bhukampa

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay