scheduleसोमवार आश्विन १२ गते, २०७७

सगुन र क्यान महासङ्घबीच सहकार्य गर्ने समझदारी

meeting between Sagoon and CAN

काठमाडौँ, ४ मङ्सिर । सगुन इन्कर्पोरेशन र कम्प्युटर एसोसिएसन (क्यान) महासङ्घ सूचना प्रविधि क्षेत्रको विकासका लागि एकआपसमा सहकार्य गरेर अगाडि बढ्न सहमत भएका छन् ।

प्रविधिको विकास र बिस्तारमा सम्भाव्यता अध्ययन गरी सहकार्य गरेर अगाडि बढ्न दुई संस्थाबीच सहमति भएको महासङ्घका अध्यक्ष विनोद ढकालले जानकारी दिए ।

उनले क्यान र नेपालीले सुरु गरेको सामाजिक सञ्जाल सगुन डटकमले देशको सूचना प्रविधि क्षेत्रको विकासमा टेवा पुर्याउन सक्ने विश्वास लिइएको बताए ।

सूचना प्रविधिको क्षेत्रमा नेपालमा धेरै गर्न बाँकी रहेको उल्लेख गर्दै क्यान महासङ्घसँग सहकार्य गरी काम गर्न सगुन सहमत भएको सगुन इन्कर्पोरेशनका संस्थापक गोविन्द गिरीले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय