‘मिस नर्स नेपाल-२०७२’को अडिसन सुरु
काठमाडौं, ७ मंसिर । स्वस्थ्य पेसासँग सम्बन्धित एकमात्र सौदर्य प्रतियोगिता ‘मिस नर्स नेपाल’को तेस्रो संस्करणका लागि अडिसन सुरु भएको छ । ‘मिस नर्स नेपाल-२०७२’का लागि पहिलो चरणको प्रतियोगी छान्न काठमाडौंको तीनकुनेस्थित ग्रिन क्याफे एण्ड पार्टी भेन्युमा आईतबार अडिसन भएको हो ।
अडिसन अझै दुई साता चल्ने नेक्स्ट मोडल्स् नेपालका सिईओ रबि धमलाले बताए । अन्तिम अडिसन यही मंसिर १९ गते हुनेछ । नर्सिङ पेशाले पुर्याएको योगदानको कदर र सम्मानसहित यस पेशामा भविश्य खोच्ने युवतीहरुको प्रतिभा निखार्दै पेशा र समाजप्रति थप जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।
पहिलो चरणको अडिसनमा डा. लोचन कार्की (नेपाल मेडिकल एसोसियसन), डा. आयुष्मान घिमिरे (मिष्टर नेपाल २०११), श्रीदेवी शर्मा (मिस नर्स २०७१ सेकेन्ड रनरअप), रोजिन शाक्य (कोरियोग्राफर), रबि धमला (सिइयो नेक्स्ट मोडल्स् नेपाल) लगायत निर्णायक रहेका छन् । राजधानीमा आगामी पुष २५ गते एक भव्य कार्यक्रमसहित आयोजना हुने प्रतियोगितामा अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगिलाई व्यक्तित्व विकास, सञ्चारकला, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तिकरण, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, फोटो सेसन, नेतृत्व क्षमता, सामाजिक संजालको सहि सदुपयोगलगायतका विषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिइने कार्यक्रम संयोजक यत्ना पाण्डेले बताइन् ।
प्रतियोगितामा मुख्य उपाधिसहित फष्ट रनरअप, सेकेन्ड रनरअपकासाथै, व्यूटीविद् ब्रेन, सोसल रेस्पोन्सिभल नर्स, मोष्ट ट्यालेन्टेड, वेष्ट पर्सनालिटी, मोष्ट व्यूटिफूल, मिस फोटोजेनिकलगायत विधामासमेत पुरस्कृत गरिनेछ ।