scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

आन्दोलनकारीले ढुंगा हान्दा बस दुर्घटना, दुईको मृत्यू, दर्जनौं घाइते

Saptari District Mapसप्तरी, ११ मङ्सिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारदहमा सुरक्षा दिँदै लगिएको एउटा बस आज बिहान अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने करिब २५ जना घाइते भएका छन् । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

सिन्धुलीबाट काँकरभिट्टाका लागि छुटेको ना५प १६६४ नंको बस भारदह–१ स्थित कङ्कालनी मन्दिर नजिकको सडकमा आज बिहान करिब ५ बजे पल्टिएको हो । प्रहरीको स्कर्टिङमा गइरहेको बसमा आन्दोलनकारीले ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारपछि अनियन्त्रित भइ बस पल्टिएको प्रहरीले इलाका प्रहरी कार्यालय भारदहका प्रमुख सुरेन्द्र खेरबारले जानकारी दिए ।

 

मृत्यु हुनेमा धनुषा, तुलसीपुर–४ की नौ वर्षीया निर्जला बस्नेत र अर्का एक ठेगाना नखुलेका जीवन अधिकारी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज अधिकारीले बताए । घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान र विराटनगरको न्युरो अस्पताल पठाइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय