scheduleबिहिवारफाल्गुन २० गते, २०७७

‘मिस नर्स-२०७२’का लागि ३० प्रतियोगी छनौट

Miss Nurse

काठमाडौं, २० मंसिर । ‘मिस नर्स नेपाल–२०७२’का लागि ३० प्रतियोगी छनौट भएका छन् । राजधानीको तीनकुनेस्थित ग्रिन क्याफे एण्ड पार्टी भेन्यूमा आइतबारसमेत गरी पटक-पटक आयोजित प्रारम्भिक छनौटबाट ३० जना अन्तिम स्पर्धाका लागि छानिएका हुन् ।

अडिसनमा डा. लोचन कार्की (नेपाल मेडिकल एसोसियसन), जानकी श्रेष्ठ (टप फाइभ मिस नर्स), रोजिन शाक्य (कोरियोग्राफर), निराजन श्रेष्ठ (म्यान हन्ट इन्टरनेशनल २०११) रवि धमला (सिइयो, नेक्स्ट मोडल्स नेपाल)लगायत निर्णायक थिए ।

Miss Nurse Audition

देशको वर्तमान असहज परिस्थितिका बावजुद् पनि अडिसनमा उत्साहजनक सहभागिता रहेको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले जानकारी दिए । सहभागीको संख्य धेरै भएकोले प्रारम्भिक छनौट पटक-पटक गर्नुपरेको उनको भनाई छ ।

नर्सिङ पेशाले समाजमा पुर्याएको योगदानको कदर र सम्मान गर्दै यस पेशामा भविश्य खोज्ने युवतीहरुको प्रतिभा निखार्न प्रतियोगिता आयोजना गरिएको धमलाले बताए ।

Miss Nurse constent

प्ररम्भिक चरणमा छानिएका प्रतियोगीहरुलाई व्यक्तित्व विकास, सञ्चारकला शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तिकरण, सञ्चार कला, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, फोटो सेसन, महिला शसक्तिकरण, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक संजालको सदूपयोगलगायतका विषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिईने आयोजकले जनाएको छ । अन्तिम तथा निर्णायक प्रतिस्पर्धा आगामी पुष २५ गते हुने बताईएको छ ।

प्रतियोगितामा शीर्षसहित फष्टरनर अप, सेकेन्ड रनरअपका साथै व्यूटी विद् ब्रेन, सोशल रेस्पोन्सिभल नर्स, मोष्ट ट्यालेन्ट, वेष्ट पर्सनालिटी, मोष्ट व्यूटीफूल, मिस फोटोजेनिकलगायतका विधामा पुरस्कृत गरिनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay