scheduleसोमवार जेष्ठ १२ गते, २०७७

संविधानबारे भ्रम हटाउन युवाहरु मधेस जाउ –मन्त्री राई

Minister Sher Dhan Rai

काठमाडौँ, २२ मङ्सिर । सूचना, सञ्चार तथा प्रविधि मन्त्री शेरधन राईले संविधानका बारेमा मधेसमा फैलिएको भ्रम हटाउन युवावर्ग क्रियाशील हुनुपर्नेमा जोड दिएका छन्।

युवा सङ्घ नेपालको स्थायी कमिटीको बैठकमा उनले मधेसकेन्द्रित भई संविधानबारे अभियान संचालन गरी मधेस आन्दोलनलाई व्यवस्थित बनाउन भूमिका निर्वाह गर्न निर्देशन दिए ।

Dish_Home

सङ्घको इन्चार्जसमेत रहेका मन्त्री राईले अहिलेको संविधानले मधेसी जनतालाई उपलब्ध गराएका अधिकारका बारेमा युवा सङ्घ मधेसमा गएर यथार्थ सूचना प्रवाह गरी मधेस आन्दोलनले मुलुकमा उत्पन्न गरेको परिस्थितिका बारेमा जानकारी दिन आग्रह गरे ।

यसैगरी, यही मङ्सिर २९ गते सर्लाहीको हरिवनमा कार्यकर्ता भेला तथा प्रशिक्षण प्रदान गर्ने निर्णय गरेको प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिए ।

सङ्घका अध्यक्ष राजीव पहारीको अध्यक्षतामा बसेको बैठकले मधेसकेन्द्रित भई मधेस आन्दोलनलाई व्यवस्थित बनाउन भूमिका निर्वाह गर्ने निर्णय गरेको उनले बताए । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय