scheduleआइतवार श्रावण २५ गते, २०७७

मानव विकास सूचकांकमा नेपाल खस्कियो

povertyकाठमाडौं, २९ मंसिर । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)को मानव विकास सूचकांकमा नेपाल अघिल्लो वर्षभन्दा एक स्थान खस्किएर एक सय ४७ औं स्थानमा झरेको छ ।

सोमबार सेलिम जहानको नेतृत्वमा रहेको टोलीले सार्वजनिक गरेको प्रतिवेदनले हरेक वर्ष शिक्षा, स्वास्थ्य, प्रतिव्यक्ति आय, पूर्वाधारलगायतमा नेपालले पाएको अंकको आधारमा एक स्थान खस्किएको देखाएको हो । उक्त प्रतिवेदनमा नेपालले यसअघिको भन्दा कम अंक प्राप्त गर्दै न्यून मानव विकास देशहरुको सूचिमा दोस्रो स्थानमा झरेको समेत देखाएको छ ।

सन् १९९५ देखि हरेकवर्ष प्रतिवेदन सार्वजनिक गर्दै आएको संस्थाद्वारा जारी प्रतिवेदनले यसअघि नेपालको राजधानीका जनताको प्रतिव्यक्ति आयमा सहरी र ग्रामिण भेगका जनताबीचको खाडल अत्यधिक रहेको देखाएको थियो । अघिल्लो वर्षको प्रतिवेदनअनुसार राजधानीमा बसोबार गर्ने मानिसको प्रतिव्यक्ति आय दुई हजार सात सय ६४ अमेरिकी डलर रहेको थियो भने सबैभन्दा न्यून प्रतिव्यक्ति आय बाजुरामा बस्ने नेपालीको रहेको थियो । जसअनुसार बाजुरामा बस्ने नेपालीको प्रतिव्यक्ति आय ५२३ अमेरिकी डलर रहेको राष्ट्रसंघले जनाएको थियो । आर्थिक राष्ट्रिय दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय