सन्नीले पछारिन् मोदीलाई !
नयाँ दिल्ली । पोर्न इण्डस्ट्रिजबाट बलिउडमा प्रवेश गरेकी नायिका सन्नी लियोनी सन २०१५ मा भारतकै सबैभन्दा चर्चित सेलिब्रेटी बनेकी छन् । यसक्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदीदेखि बलिउड स्टार सलमान खानसम्मलाई पछि पारिन् ।
इन्टरनेट जाईन्ट गुगलले सन २०१५ भरीमा धेरै सर्च गरिएका स्टारहरुको सूची सार्वजनिक गरेको हो । भारतमा सबैभन्दा धेरै सर्च गरिएकाहरुको सूचीमा सन्नी लियोनी पहिलो स्थानमा रहिन् ।
दुई नम्बरमा सलमान खान, तीन नम्बरमा एपिजे अब्दुल कलाम, चार नम्बरमा कट्रिना कैफ र पाँच नम्बरमा दीपिका पादुकोण परे । यसैगरी ६ नम्बरमा शाहरुख खान, सात नम्बरमा हनी सिंह, आठ नम्बरमा काजल अग्रवाल, नौ नम्बरमा आलिया भट्ट र दश नम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीको नाम रह्यो ।
मोदी अघिल्लो वर्ष सूचीको पहिलो स्थानमा थिए ।