scheduleबिहिवारफाल्गुन २० गते, २०७७

यी हुन् सामाजिक सञ्जालमा एउटा तस्विर राख्दा २ करोड कमाउने महिला

2 corroe

वासिङ्गटन । मोडलिङको दुनियाँमा चर्चा बटुल्न र मोटो रकम कमाउन धेरै मेहनत र लामो प्रतिक्षाको जरुरी पर्दछ । तर केही मोडल यस्ता पनि छन्, जसले एक फोटो पोस्ट गर्दा लाखौं रुपैयाँ हात पार्ने गर्छन् । केन्डल जेनर र कारा डेलेविन यी दुवै त्यस्ता नाम हुन् ।

डेलिमेलको एक रिपोर्ट अनुसार यी दुवै सामाजिक सञ्जाल इन्स्ट्राग्राममा निकै चर्चित छन् ।

Kendall Jenner arrives at the 42nd annual American Music Awards at Nokia Theatre L.A. Live on Sunday, Nov. 23, 2014, in Los Angeles. (Photo by Jordan Strauss/Invision/AP)

केन्डल जेनरको त इन्स्ट्राग्राममा ४.३९ करोड फलोअर्स रहेको छ । यसबाट उनले यहाँ एक फोटो पोस्ट गर्दा लगभग २ करोड देखि ८३ लाख रुपैयाँ सम्म पाउने गर्छिन् ।

यी मोडल कसैको ब्यान्डको प्रचारको लागि आफ्नो तस्विर पोस्ट गर्छिन् । एनालिटिकल ग्रुप डी मैरी अर्काइबका सिइओ फ्र्यान्क

स्पाडेफोराका अनुसार केन्डरले सामाजिक सञ्जालमा एक तस्विर पोस्ट गर्दा लाखौं रुपैयाँ पाउने गर्छिन् । केन्डलसँगै कारा र गिगी हैडिड सामाजिक सञ्जालका महङ्गा मोडल हुन् ।

 कारा डेलेविन
कारा डेलेविन

यी तिनै महिलाले आफ्नो तस्विर प्रोफाइलमा राख्दा करोडौं रुपैयाँ कमाउने गर्छन् ।

केन्डल हालै घोडामा बसेर फोटोसुट गराएपछि निकै चर्चित बनेकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay