scheduleसोमवार आश्विन १२ गते, २०७७

तत्कालका लागि क्यानको सबै जिम्मेवारी सिईओ भावना घिमिरेलाई

Bhawana_Ghimireकाठमाडौं, ६ पुस । नेपाल क्रिकेट संघ क्यानको दैनिक कार्यसञ्चालनसहित संघले गर्दै आएको सम्पूर्ण कामकारबहीको जिम्मा तत्कालका लागि क्यानकी कार्यकारी अधिकृत भावना घिमिरेले पाएकी छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सोमबार सम्पूर्ण जिम्मेवारी तत्कालकालागि सिईओले हेर्ने व्यहोरासहितको पत्र पठाएको हो । क्यानको कार्यकाल सकिएको र हालै भएको भनिएको निर्वाचनलाई पनि मान्यता नदिईएकाले अर्को निर्देशन नहुँदासम्मम क्यानको दैनिक कामकारबाही सिईओले गर्नेगरी जिम्मेवारी दिईएको पत्रमा उल्लेख छ ।

यद्यपी काम गर्दा आफ्नो परामर्श र स्वीकृति लिनुपर्ने राखेपको पत्रमा लेखिएको छ ।

केही दिन अघि क्यानको एउटा पक्षले निर्वाचन गरि कार्यसमिति निर्माण गरेको दावी गरेको थियो । त्यसलाई राखेपले मान्यता दिएको छैन । लामो समयदेखि नेपाल क्रिकेट संघ राजनीतिक खिचातानीमा पर्दा नेपाली क्रिकेट पछि पर्ने सक्ने चिन्ता व्यक्त गरिँदैछ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय