scheduleबिहिवारफाल्गुन २० गते, २०७७

सञ्चारकर्मी प्रणपको न्यून बजेटको म्यूजिक भिडियो ‘तिमी त राम्री’

काठमाडौं । रंग क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार प्रणप सुवेदीको निर्देशनमा तयार भएको ‘न्यून बजेट’को म्यूजिक भिडियो ‘तिमी त राम्री’ शुक्रबार सार्वजनिक भएको छ । बिहिबार टेलिभिजनबाट प्रिमियर गरिएको सो म्यूजिक भिडियो निर्देशक सुवेदीले आफ्नै वेबसाईटबाट सार्वजनिक गरेका हुन् ।

कलामा धनी तर पैसामा गरीब तथा प्रतिभावान कलाकारहरुलाई लक्षित गरेर काम गर्दै आएको दावी गर्ने सुवेदीले न्यून बजेटमा राम्रो म्यूजिक भिडियो तयार पारेको दावी गरे ।

Timi ta ramri

यस म्यूजिक भिडियोमा मोडल अर्नव, विद्या र आरुषीले अभिनय गरेका छन् । नविन पन्तको कोरियोग्राफीमा तयार भएको भिडियोको सम्पादन विकास ज्ञावाली र छायाङ्कन मुकेश हुमागाईंले गरेका हुन् ।

भिडियोमा ललितपुरको लाँकुरीडाँडा र निर्माणाधिन गणेशमान सिंह पार्क क्षेत्रको दृष्य कैद गरिएको छ । गीतमा स्वर विजय रुम्बा लामाको छ भने, संगीत सुवास भुषालले भरेका छन् ।

 

भिडियो:

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay