प्रशिक्षणमा मिस नर्स, उठेको रकम सिर्जनशील बाल क्लबगृहलाई
काठमाडौं, ८ पुस । ‘युनिक्याम्प मिस नर्स २०७२’ का सहभागीहरु प्रशिक्षणमा ब्यस्त छन् । यसक्रममा मंगलबारबाट क्याटवाक (बिरालो चाल) हिँड्न थालेका छन् । कोरियोग्राफर रोजिन शाक्यले सहभागी युवतीहरुलाई क्याटवाक सिकाईरहेका हुन् ।
प्रतियोगीताको क्रममा आयोजक नेक्स्ट मोडल्स नेपालले व्यक्तित्व विकास, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तिकरण, सञ्चारकला, सामाजिक क्रियाकलाप ,मेकअप ,फेसन ,फोटो सेसन, महिला ससक्तिकरण, प्रेरणा, नेतृत्व क्षेमता, सामाजिक सञ्जालको सहि सदुपयोगलगायतका विषयमा सहभागीलाई दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिने गरेको छ ।
तेस्रो संस्करणको मिस नर्सका पुर्ण रुपले तयार बनाउन प्रशिक्षण दिइरहेको आयोजक संस्थाका सिइओ रबि धमलाले बताए । सहभागीहरुलाई सम्पूर्ण प्याकेज अनुसारको प्रशिक्षण र शिक्षामूलक जानकारी गराउन हामी लागेका छौ,’ धमलाले भने, ‘यसो गर्दा उनीहरु भित्र रहेको प्रतिभा प्रस्फुटित गराउन सजिलो हुन्छ ।’
स्वस्थ्य पेसासँग सम्बधित यो एकमात्र सौदर्य प्रतियोगिता भएकोले यसलाई व्यवस्थापकीय लगायत सबै हिसावले सफल बनाउन आफूले आयोजकको तर्फबाट निकै मिहेनत गरिरहेको नेक्स्ट मोडल्स नेपालका कार्यक्रम संयोजक यतना पाण्डेले बताइन् ।
नर्सिङ पेसाले समाजमा पुर्याएको योगदानको कदर र सम्मान गर्दै यस पेसा रमाएका र भविस्य खोज्ने युवतीको प्रतिभा निखार्दै पेसा र समाज प्रति थप जिम्बेवार र उत्तरदायी बनाउने उदेश्य रहेको प्रतियोगीतामा पूर्व मेचीदेखी पश्चिम महाकालीसम्मका एकसय भन्दाबढी नर्सिङ कलेज तथा अस्पतालमा कार्यरत एकहजार भन्दा बढी युवतीबाट अन्तिम स्पर्धाका लागि ४३ जना छानिएका छन् ।
माघ २ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा प्रतियोगितामा मुख्य उपाधि सहित फष्ट रनरअप, सेकेन्ड रनरअपका साथै ब्यूटी विद् ब्रेन, सोशल रेस्पोन्सिभल नर्स, मोष्ट ट्यालेन्ट, वेष्ट पर्सनालीटी, मोष्ट ब्यूटिफूल, मिस फोटोजेनिकलगायत विधामासमेत विजेता छानिने छ । प्रतियोगिताको प्रयोजक युनिक्याम्प एजुकेशन नेटवर्क रहेको छ ।
२८ वर्ष उमेर ननाघेको कम्तिमा ५ फिट उचाईका प्रतियोगी सहभागी प्रतियोगीताको च्यारिटीबाट उठेको सम्पूर्ण रकम सिर्जनशील बालगृहलाई सहयोगस्वरुप प्रदान गरिने आयोजकले जनाएको छ ।