scheduleशनिवार मंसिर २८ गते, २०७६
Bajaj
Global IME

सर्लाहीको मलंगवामा आन्दोलनकारीको सशस्त्रसँग झडप, दुई जनालाई गोली लाग्यो

apf in sarlahi

सर्लाही, ८ पुस । सर्लाहीको मलंगवामा आन्दोलनरत मोर्चाका कार्यकर्ता र सशस्त्र प्रहरीबीच भएको झडपमा गोली चलेको छ ।

पक्राउ परेका मोर्चाका नेता अशोककुमार यादवको रिहाईको माग गर्दै जारी आन्दोलनको धर्ना कार्यक्रममा सशस्त्र प्रहरीले दमन गरेपछि झडप चर्किएको हो । प्रहरीले दमन गरेको भन्दै आन्दोलनकारीहरु आक्रोशित भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ ।

सशस्त्र प्रहरीले चलाएको गोली लागेर गमहरिया गाविसका रामवञ्जन यादव र मलंगवा नगरपालिकाका अबस मन्सुर गम्भीर घाइते भएका छन् । उनीहरुको मल्रगवास्थित अस्पतालमा उपचार भइरहेको छ ।  उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको मोर्चाका एक नेताले जानकारी दिए । अहिले अस्पताल क्षेत्रमा भीडभाड बढिरहेको छ ।

आक्रोशित आन्दोलनकारीले सर्लाहीको खानेपानी कार्यालय र सिंचाईको गाडीमा आगजनी तथा तोडफोड गरेका छन् । यसैगरी आन्दोलनकारीले महिला विकासको कार्यालयमा पनि आगजनी गरेका प्रहरीले जनाएको छ ।

 

मलंगवाको शिवसागर चोकमा साँझसम्म पनि झडप जारी छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस र हवाई फायर समेत गरेको छ ।

Madhesh Ghaite sarlahi clash

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage