scheduleमगलवार कार्तिक ११ गते, २०७७

अतिवादका कारण देश सङ्कटमा–उपाध्यक्ष श्रेष्ठ

Narayankaji_Shresthaबर्दिवास, ११ पुस । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान जारी हुनु ऐतिहासिक उपलब्धि भए पनि बाँकी रहेको अरु अधिकार संविधानमा संस्थागत गर्न आफनो पार्टी क्रियाशील रहेको बताएका छन् ।
पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा प्राध्यापक पद्म खड्का र आधारशीला परिवारका संस्थापक अध्यक्ष तथा शिक्षामन्त्री गिरीराजमणि पोखरेलका पिता चन्द्रमणि पोखरेलको श्रद्धाञ्जलि सभालाई शुक्रबार महोत्तरीको बर्दिवासमा सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन् ।

मधेस आन्दोलनको आफ्नै वस्तुगत आधार रहेको धारणा राख्दै उपाध्यक्ष श्रेष्ठले पहाडी अतिवाद र मधेस अतिवादका कारण देश सङ्कटमा फसेको उल्लेख गरे ।
उनले आन्दोलनकारीको माग राजनीतिक रुपमै वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता जनाए । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay