scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

राजेश हमाल पनि यी नक्कली डाक्टर र डिआइजीको छोरीको फन्दामा ?

काठमाडौं, २१ पुस । आफूलाई डाक्टर त कहिले डिआइजीको छोरी भन्दै विभिन्न व्यक्तिलाई ठगि गर्दै आएकी भगवति केसीले नायक राजेश हमाललाई समेत मुर्गा बनाएको पाइएको छ । ९ वटा सिम र विभिन्न नक्कली फेसबुक आइडीबाट पोखरा देखि काठमाडौंका डाक्टरलाई मुर्गा बनाउँदै आएकी उनले महानायक राजेश हमाललाई पनि ठगेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

rajesh hamal and thagi
स्थायी ठेगना गुल्मी हस्तिचौर रहेकी उनले सामाजिक सञ्जाल फेसबुकमा नायक राजेश हमालसँग खिचेका विभिन्न पोजका तस्विर फेसबुकमा राखेकी छिन् । आफूलाई डिआइजी सनत केसीको छोरी हुँ भन्दै विभिन्न व्यक्तिलाई उनले ठगेकी थिइन् । उनको नाम मात्रै ५ वटा थियो भने मोबाइल नम्बर ९ वटा रहेको छ । महानगरिय प्रहरी अपराध महाशाखाले सोमबार पक्राउ गरेपछि उनको कर्तुत सार्वजनिक भएको थियो ।
उनले पोखरा स्थित मणिपाल शिक्षण अस्पतालका डाक्टर तथा एक भारतीय नागरिकबाट आफूलाई डाक्टर भन्दै ३ लाख ठगेकी थिइन् ।

 

dr. rajesh hamal

 

त्यस्तै पोखराकै गण्डकी अस्पतालमा कार्यरत एक डाक्टरको १० हजार रुपैयाँ ठगेकी थिइन् । त्यस्तै गरि एक्चुअल होलिडेज नामक होटलमा ४५ बसेर ६० हजार नतिरी हिँडेकी थिइन् । त्यस्तै दरबार मार्ग मार्टिनस्थानको स्वरुमबाट १० हजार रकम सहित ३० हजारको समान बोकेर हिडेकी थिइन् । त्यस्तै उनले चलचीत्र निर्मातालाई समेत मुर्गा बनाएकी थिइन् । निर्माचा निकिता पौडेलको २० हजार रुपैयाँ, राजेश गुरुङको स्यामसुङ ट्याब गायब पारेकी थिइन् । त्यस्तै पोखराकै एक होटलमा १९ दिन बसेर होटलवालाकै बा ७९ पको ९६३० को एभेन्जर मोटरसाइकल नै चोरेर हिँडेकी थिइन् ।

rajesh and thagi

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage