scheduleबिहिवार भाद्र ५ गते, २०७६

‘बाथरुम भित्र मलाई यसरी बलात्कार गरियो’

amberamour

केपटाउन
एक बलात्कार पीडित तथा अधिकारवादीले आफूलाई कयौं पटक यौन दुव्र्यबहार गरिएको खुलासा गरेकी छिन् । यी महिलाले यौन शोषणको केही मिनेटमै सामाजिक सञ्जालमा अनुभव बाँडेकी हुन् । उनले भनेकी छिन्, ‘मलाई लाग्यो की, जे मलाई भयो, धेरै समयसम्म दबाएर राख्न सक्दिन ।’
२७ वर्षीय अम्बेर अमौर दक्षिणी अफ्रीकाको केपटाउनकी हुन् । उनी ‘स्टाप रेप’ क्यापेनको प्रमोट गरिरहेकी छिन् । पछिल्लो वर्ष नोभेम्वर महिनादेखि उनी बलात्कारलाई लिएर आम मानिसलाई शिक्षा दिइरहेकी थिइन् । यसै क्रममा उनीसँग शकीर नामको एक व्यक्तिले यौन शोषण गरेका थिए । उनले शकीरसँगै नुहाउन सहमति जनाएकी थिइन, त्यसैबेला उनीमाथि बलात्कार भएको थियो । उनले रुँदै गरेको आफ्नो तस्बिर इन्स्ट्राग्राममा सार्वजनिक गरेकी थिइन् । यससँगै उनले त्यो क्रममा भएको अनुभव समेत लेखेकी थिइन् ।
उनले भनिन्, ‘म सबै बलात्कारपीडितहरुलाई अपिल गर्छु, चुप नबस्नुहोस् । बोल्नुपर्छ । म जान्दछुकी यसलाई भन्ने कोशिश गरिरहेको छु । त्यसैले मैले तस्बिर लिएँ, र सार्वजनिक गरेँ । मैले भन्ने कोशिश गरेको छु, आखिर भएको के थियो ।’

amber moure

 
अम्बेरले भनेकी छिन्, ‘म निकै सहज कुरा गरिरहेको छु । यो अनुभवमा आधारित छ । जुन अपराधको पर्दा तपाईंले देखिरहनुभएको छ, त्यतिबेला म बाथरुममा थिएँ । तर उनले दाबी गरेकी छिन्, त्यहाँ जसलाई उनले भेटेकी थिइन्, उसले मदिरा सेवन गरेको थियो, त्यसैले उनले छोड्ने फैसला गरेकी थिइन् । यद्यपी जब उसले सीढिमा उक्लँदै उनीसँगै नुहाउने आग्रह गरे अनि उनी मञ्जुर भइन् ।
अम्बेरले लेखेकी छिन्, ‘पछिल्लो दुई दिनदेखि म निकै थकान महशुस गरिरहको थिएँ । म एक्लै थिएँ । मेरो होस्टलमा पानी निकै चिसो भएकाले म तातोपानीले नुहाउन चहान्थेँ । म छिटै बाथरुममा पुगेँ । उसले मेरो घुँडामा दबाव दियो । मैले उसलाई भने, ‘रोक !’ तर त्यसपछि उ निकै हिंस्रक बन्यो ।’
उनले यौन शोषणको विस्तृत विवरण बताएकी छिन् । अम्बेरले भनिन्, ‘मलाई बलात्कार गरियो । लज्जाबोध, घृणाजनक, तथा पीडाबाट निरिह बनाइयो । म त्यहाँ एक्लै थिएँ । डिएनए पानीसँगै बाहिर नालीमा बगेर गयो । म सँग कुनै प्रमाण थिएन । जब सबै खतम भयो, दक्षिण अफ्रिकी प्रहरीको आँखा खुल्यो ।

मैले आफैलाई यस्तो कमजोर रुपमा कहिलेपनि पाएको थिइन । अम्बेरले इन्स्टाग्राममा यौन दुव्र्यबहारको कयौं तस्बिरहरु सार्वजनिक गरेकी थिइन् । उनले मानिसहरुलाई अपिल गर्दै लेखिन्, ‘म तपाईंहरु सबैलाई भन्न चाहान्छु, कि हरेक दिन तपाईंहरु यस्तो दुव्र्यबहारको बारेमा बोल्नुहोस् । चुप नबस्नुहोस् । यो त्यति धेरै गाह्रो होइन तर हामीले बोल्नै पर्छ ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage