scheduleबिहिवार कार्तिक १३ गते, २०७७

संसदीय टोलीद्वारा अस्पताल निरीक्षण

भक्तपुर, २७ पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक संसदीय समितिले आज भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रको अवलोकन गरेको छ ।

संसद्मा रहेको मानव अङ्ग प्रत्यारोपणसम्बन्धी कानुन बनाउन विधेयकको अन्तिम तयारीमा रहेकाले टोली केन्द्रको अवलोकनमा आएको हो ।

केन्द्रमा उपचारमा रहेका बिरामी र उपचार कक्षको अवलोकनपछि भएको छलफलमा समितिका सभापति रञ्जुकुमारी झाले भक्तपुरका तीनवटा अस्पताललाई समेटेर भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल सुरु गरेको बताइन् ।

उनले भनिन्, ‘भक्तपुरमा रहेका भक्तपुर जिल्ला अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई समेटेर एउटै बोर्ड रहने गरी प्रतिष्ठान बनाउन पहल भएकाले यसलाई सफल पार्नुपर्छ ।’

प्रतिष्ठानअन्तर्गत रहेका तीनवटा अस्पतालबाट चिकित्सकको उत्पादन गर्ने र उनीहरुलाई गाउँगाउँमा परिचालन गर्ने व्यवस्था गर्ने गरी प्रतिष्ठान आवश्यक रहेको उनले बताइन् ।

मावन अङ्ग प्रत्यारोपणसम्बन्धी विधेयक संशोधनसहित आगामी २९ गतेको संसद्को बैठकमा पेस गर्ने तयारीमा लागेको समितिका सभापति झाले जानकारी दिइन् ।

समितिका सदस्य मधु गुरुङले मानव अङ्ग प्रत्यारोपणसम्बन्धी फराकिलो कानुन बनाएर गरिब तथा निमुखा नागरिकसम्मलाई स्वास्थ्य उपचारको पहुँचमा पु¥याउनु आवश्यक रहेकाले समिति त्यसमा केन्द्रित रहेको बताइन् ।

टोलीमा सहभागी सांसद प्रेम सुवालले तीनवटा अस्पताललाई प्रतिष्ठानको स्वरुप दिन सरकारले छिटो निर्णय गर्नुपर्ने बताए ।

उनले भने, ‘यसअघिको सरकारका स्वास्थ्यमन्त्रीलाई प्रतिष्ठान बनाउने विषयमा राखेको प्रस्तावलाई उहाँले बजेटसमेत अन्यत्र लैजानुभयो, भक्तपुरका तीन अस्पताल मिलाएर प्रतिष्ठान बनाउनु आवश्यक छ, तर प्रतिष्ठानको पूरा अधिकार समितिलाई दिइने व्यवस्था हुनुपर्छ, त्यसमा मन्त्रीको हस्तक्षेप चल्नु हुँदैन ।’

छलफलमा केन्द्रले आफ्नो जग्गा नभएकाले सँगैको नेपाली सेनाको सैनिक महाविद्यालयको जग्गा माग गरेको थियो । समितिका सभापति झाले मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई विस्तार गर्न आवश्यक जग्गा उपलब्ध गराउन स्वास्थ्यमन्त्रीसँग प्रस्ताव राखिसकेकाले अब रक्षा मन्त्रालयसँग पनि यो प्रस्ताव लैजानुपर्ने बताइन् ।

समितिका सदस्य डिआर पौडेलले २०५५ को स्वास्थ्यसम्बन्धी ऐन संशोधन गर्नका लागि छलफल भई २०७२ मा संशोधन गर्न लागेको बताए । केन्द्रको अवलोकनमा समितिका २० जना संसद् सदस्य र सचिवालयका सचिव, प्रवक्ता एवम् कर्मचारीसहितको टोलीको सहभागिता रहेको थियो । टोलीमा सहभागी अधिकांश सांसदले स्वास्थ्य परीक्षणसमेत गराएका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay