scheduleबिहिवार कार्तिक १३ गते, २०७७

भाडा नघटाए आन्दोलन गर्ने अखिल क्रान्तिकरीको चेतावनी

काठमाडौं, ६ माघ । एमाओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सरकारसँग सार्वजनिक सवारी साधनको भाडादर घटाउन माग गरेको छ । उनीहरुले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटेकाले नेपाली बजारमा पनि मुल्य समाजन गर्न माग गरेका छन् । विभिन्न ६ बुँदे माग राख्दै सरकारले पुरा नगरे संघर्ष गर्ने चेनावनी दिएको छ ।

student
कालोबजारी विरुद्ध संघर्ष गर्ने निर्णय भएको प्रवक्ता सुरेन्द्र बस्नेतले साझापोस्टलाई जानकारी दिए । ‘अविलम्ब कालोबजारी अन्त्य गरि सहज आपूर्ति नगरिए कडा संघर्षमा उत्रनेछौं,’ प्रवक्ता बस्नेतले भने ।
‘पेट्रोलियम पदार्थ मुलत, पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको सहज आपूर्ति गर,’ माग राख्दै जारि गरिएको विज्ञप्तिमा भनिएको छ, ‘डिजेलमा भएको मूूल्य समायोजन अनुसार सार्वजनिक यातयातको भाडा समायोजन (भाडा घटाउ) गर ।’
त्यस्तै उनीहरुले सार्वजनिक यातयातका सवारी साधनमा विद्यार्थी सहुलियत बापत ४छ प्रतिशत छुट कडाई पूर्वक लागु गर्न माग गरेका छन् । बजारमा भएको मुल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै उपभोक्तालाई राहतको कार्यक्रम ल्याउन समेत उनीहरुले सरकार समक्ष माग गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay