scheduleआइतवार भाद्र १ गते, २०७६

बालिका बलात्कारको आरोपमा मुद्दा

courtतुलसीपुर (दाङ), ११ माघ । एक पाँच वर्षीया बालिकालाई केहीदिन अगाडि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, तुलसीपुरले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सन्तोष रोकाले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा फूलबारी गाविस–५ बगरपुरका ६० वर्षीय खुमबहादुर बुढाथोकी रहेका छन् ।

बालिकालाई ललाइफकाई गरी ढकनास्थित सामुदायिक नर्सरीमा लगी जबर्जस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएसँगै निजलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रोकाले जानकारी दिए ।

पक्राउ परेका बुढाथोकीलाई नियन्त्रणमा लिई आइतबार जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको रोकाले जानकारी दिए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage