२८ औंला भएका मानिस भेटिए, गिनिज बुकमा नाम लेखियो
काठमाडौं, १४ माघ । भारतको गुजरातको हिम्मतनगरमा बस्ने देवेन्द्र सुथार संसारमा एकजना मात्र त्यस्ता व्यक्ति हुन् जसको चार हातखुट्टामा गरेर २८ वटा औंलाहरु छन् । यसैकारण उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखिएको छ । देवेन्द्र पेशाले कार्पेन्टर हुन् ।
डेलीमेल डट को डट युकेमा प्रकाशित एक खबरका अनुसार देवेन्द्र यस्तो विशेष शारीरिक प्रकारको गडबडीका बावजुद खुसी छन् । किनकी मानिसहरु उनको औंला हेर्नको लागि आउँछन् ।
देवेन्द्र भन्छन्, ‘जब मानिसहरु मलाई भेट्न टाइम लिएर आउँछन्, तब मलाई आफू एक ‘सेलेब्रेटी’ जस्तो महसुस गर्दछु ।’ उनले आफ्नो शरीरमा भएको २८ औंला आफ्नो लागि वरदान सावित भएको बताउँछन् । औंलाकै कारण उनी संसारभरी चर्चित भइरहेका छन् ।
उनी भन्छन्, ‘काम गर्ने बेलामा हैरानी छ पक्कै हुन्छ, तर म यसलाई शल्यक्रिया गरेर मिलाउँदिनँ ।’