scheduleबिहिवारबैशाख ९ गते, २०७८

नयाँ शक्ति : बाबुरामलाई चुनौती र अन्तिम अवसर

पवनराज फुयाल

जतिबेला बाबुराम भट्टराईले एमाओवादी परित्यागको घोषणा गरे, उनीप्रति आशा र भरोसा गरेर उनलाई नेपालका कुशल समकालीन राजनीतिज्ञ मान्नेहरु मात्रै होइनन् उनीसँग नेपालको विकास गर्ने स्पष्ट सुत्र, प्रष्ट भिजन भएको विश्वास गर्नेदेखि अन्तर्यामी स्वभाव, विद्वान्, पूर्व बोर्डफस्ट भनेर उनलाई रोलमोडलको रूपमा मान्ने कैयौँ युवा र विद्यार्थी जमात पनि नराम्रोसँग चकित भएका थिए । खासगरी उनी आफैंले नेतृत्व गरेको र ४ दशक भन्दा बढी योगदान गरी १० वर्षे जनयुद्ध समेत गरेर आजको परिस्थितिसम्म ल्याउने बाबुराम एकाएक पार्टीबाटै अलग हुँदा उनको विचारलाई समर्थन गरेर हिजोका दिनमा रगत र पसिना बगानेहरू पनि निरास भए । फेरि देशमा उनी आफैंले जारी गरेको संविधानमा असहमति जनाउँदै भारतको आडमा आफ्नै देशविरुद्ध नाकाबन्दी गर्दै हिँड्ने मधेसीहरूसँग आफूपनि सामेल हुन चाहेको भनेर उनकै मुखबाट सुन्दा बाबुरामलाई घृणा र तिरस्कार मात्रै गरिएन बाबुराम बौलाएको आरोप पनि लागेको थियो । वास्तवमा यी सबै परिस्थितिका बीचमा उनले गरेको निर्णयलाई धेरै अर्थमा हेर्न खोजिएको पक्कै हो जो उनी स्वयंले बुझेका थिए । अर्कातिर उनश्र आशैआशाकाबीच एक पटक प्रधानमन्त्री भएर असफलको बिल्ला भिरी सकेका बाबुराम मात्रै होईनन् उमेरले साठी नाघेका बाबुराम पनि हुन् ।

Pawanraj Phuyalहुनत बाबुरामले पार्टी परित्याग घोषणाको पत्रकार सम्मेलनमै माथि औँल्याइएका सबैलाई निराश बनाउने शंकाहरुलाई प्रस्ट पार्ने प्रयास पनि गरेका थिए । राजनीति एउटा उद्देश्य पुरा गर्ने साध्य हो संविधान र कैयौँ राजनीतिक उपलब्धि माओवादीमा हुँदा हासिल गरिसकेको अवस्थामा स्थिरता र आर्थिक क्रान्ति सफल पार्नको लागि नयाँ बाटोको आवश्यकता रहेको बताएका थिए । तर धेरैले ‘भारतीय दलाल’ र ‘लेण्डुपे’ भएको समेत आरोप लगाए । यसबीचमा व्यापक आलोचना, विरोध र फैलिएको गलत सन्देशका कारण बाबुराम आफैँ चिन्तित भएको बुझिएको थियो । तर बाबुरामले विचलित नभई नयाँ शक्तिलाई अभियानको रुपमा देश विदेशमा छलफल र अन्तर्क्रियामा जोड दिई पार्टी घोषणालाई योजनाबद्ध तरिकामा लगिएको विषयलाई सकारात्मक र अर्थपूर्णमा लिन थालिएको छ ।

अहिले परिस्थिति अलि सेलाएको र नयाँ शक्तिको बहस र तरङ्गले बजार तताएको महसुस भएको छ । धेरै हदसम्म सबैले बाबुरामले एमाओवादीमा असन्तुष्ट भएर अर्को एउटा कम्युनिष्ट पार्टी खोल्न लागेको आरोप लगाएका थिए । एउटा कुरा के सत्य थियो भन्ने बुझिन्छ भने प्रचण्डसँगै रहेर काम गर्न बाबुरामलाई असजिलो पक्कै भएको थियो । यसैले उनले पार्टीमै छँदा पनि बेलाबेलामा नयाँ नेतृत्व र फरक ढंगको पार्टीको रुपमा माओवादीलाई रुपान्तरण गर्ने विषय उठाउने गरेका थिए ।

खासगरी एमाले र काँग्रेसले गाउँगाउँमा विभिन्न सहकारी, एनजीओ, आईएनजिओलगायतका संघसंस्थामार्फत कार्यकर्ता र भोटरहरुलाई बलियो स्थितिमा राखेका छन् । चुनावमा जानुपर्ने अवस्थामा सहानुभूति र नाराले मात्रै काम गर्दैन यी सबै कुरामा ध्यान दिन जरुरी हुनेछ । यसका लागि देशभर मात्रै नभएर विदेशमा रहेका लाखौं नेपाली युवा जमातमा नयाँ शक्तिले लहर र माहौल श्रृजना गर्नुपर्नेछ ।

तर जुन रूपमा बाबुरामले नयाँ शक्तिलाई एउटा नयाँ पार्टी घोषणामा सीमित राख्नेछन् कि भन्ने तरिकाबाट आलोचना गरिएको थियो त्यो नगरी बाबुरामले सुरुवातमा एमाओवादीबाट सुटुक्क आफूमात्रै निस्केर नयाँ शक्तिको बहसलाई व्यापक बनाउँदै जाँदा बिस्तारै उनले भनेजस्तो नयाँ शक्ति साँच्चिकैको नयाँ शक्तिको रूपमा विकास हुने विश्वास बढेर गएको छ । किनकी उनले नयाँ शक्तिमा पुरानो आफ्नो गुटमा भएकाहरुलाई पर्दा पछाडि राख्नु, पार्टी स्थापना गर्न आवस्यक पर्ने जनमत र जनविश्वास जित्नको लागि सही ढंगको बहस सुरु गरिनु, देश विकासको लागि एजेन्डा र नीति निर्माण गर्ने हेतुले विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरू समेटेर परिषद् बनाउनु, सुशासन र भ्रष्टाचार मुक्त अनि वैचारिक रूपमा कम्युनिष्ट निरपेक्ष पार्टीको अवधारणाको नयाँ शक्तिको बहस चलाउनुलाई सकारात्मक रूपमा हेर्न सकिन्छ ।

सन्तुलित समावेसी विकास, सहभागितामुलक प्रजातन्त्र, सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता, आर्थिक विकासको लागि आवस्यक पर्ने प्रस्ट नीति लगायतका देशमा राजनीतिक स्थिरता, वैदेशिक लगानीको वृद्धि र प्रवर्धन, शान्ति, सामाजिक अमनचैन स्थापना गर्दै देशलाई विस्वस्तरको समुन्नति र समृद्धितर्फ लैजाने नेतृत्वको खडेरी भएको धेरै भइसकेको छ । यस अर्थमा पनि देशमा वैकल्पिक धारको आवश्यकता महसुस गरिएको थियो । बेलाबेलामा केही आशा र विश्वासको संञ्चार फैलाउन सफल बाबुरामले नयाँ शक्तिको लागि यो अभियान चलाउनु आफैमा सकारात्मक कदम हो । तर हिजोका दिनमा उनि आफैले नेतृत्व गरेको माओवादी आन्दोलनको औचित्य पुस्टि गर्दै अबको नयाँ परिस्थितिमा विभिन्न विचारधारा र क्षेत्रका व्यक्तिहरूलाई समेटेर कसरी अगाडी बढ्ने भन्ने चुनौती पनि बाबुरामसँग छँदै छ । अर्कातिर नेपालमा नयाँ राजनीतिक दललाई आवस्यक स्वरूप दिएर हिजोका दिनमा बाबुरामले हाँसिल गरेको उचाई र साख कायम राख्नु पनि अर्को ठूलो चुनौती रहने छ ।
झनै उनिमाथि लाग्ने गरेको भारतपरस्त, लेण्डुपे, राष्ट्रघाती र माओवादीमा रहँदा प्रचण्डसँग टिकेर पार्टी अध्यक्ष हुन नपाएर नयाँ शक्तिको नारा उठाएको आरोप पनि लागेको छ । त्यसैको फलस्वरूप एमाओवादीमा र बाहिर पनि बाबुरामको आलोचना गर्नेहरु पहिले भन्दा बढी देखिएका छन् । यी पक्षहरूलाई राम्रोसँग बुझाएर अगाडी बढ्ने चुनौती पनि त्यति सजिलो छैन ।

बाबुरामलाई चुनौती बन्न सक्ने धेरै ठाउँ र परिस्थितिहरू छन् । पूर्व माओवादीबाट उनको पछि लाग्नेहरूको व्यवस्थापन टाउको दुखाई बन्नेछ किनकी जति पनि प्रचलित नामहरू छन् उनीहरूले मुख्य भूमिकाको लागि दबाब दिनेछन् जो जनता माझ त्यति लोकप्रिय नामहरू छैनन् । संगठन बिस्तारको नाममा हुने जथाभावी कार्यकर्ता भर्तीले उनको उद्देश्यमा नै दरार उत्पन्न गराउन सक्ने छ ।
नीतिगत रूपमा बाबुरामको नयाँ शक्तिको औचित्य आर्थिक विकास हो भनिएको छ जुन आवस्यक र जायज देखिन्छ जो बाबुरामले पहिले देखि नै भन्दै आएका छन् । तर सीमित स्रोत र साधन प्रयोग गरेर हिजोकै ढाँचा धरातलमा टेकेर बनाइने नीतिहरू असान्दर्भिक र अव्यवहारिक नहोलान् भन्न सकिन्न । किनकी आर्थिक विकास र सामाजिक रूपान्तरणका कुराहरू बाबुरामले अहिले मात्रै उठाएका विषयहरू होइनन् तर भनाइ र गराइमा हिजोपनि सफल हुन नसकेका उदाहरणहरू प्रशस्तै छन् । प्राप्त केही उपलब्धिहरू पनि राजनीतिक र कागजी मात्रै साबित हुने गरेका छन् । यस अर्थमा नयाँ शक्तिले ल्याउने नीति र त्यसको व्यवहारिक कार्यान्वयन गरेर देखाउने खालको योजना बनाउने चुनौती त सधैँ रहिरहने छ साथसाथै यो भ्रमलाई चिरेर नयाँ शक्तिमा सामेल हुन चाहने युवा र बौद्धिक तप्काको मन जित्ने हिसाबले काम गर्नु पर्ने देखिन्छ ।

मार्क्सवादी विचारधारामा हुर्केर आजसम्मको यात्रा गरेका बाबुरामले सबैलाई समेट्नको लागि मात्रै हो या व्यवहारिक रूपमा नै प्रस्तुत हुनेछन् सबैको चासोको बिषय बनेको छ । देश विदेशमा रहेका जोस जाँगर भरिएका युवा र बिद्यार्थीहरु पनि नयाँ शक्ति कसरी अघि बढ्छ चासोका साथ नियालिरहेका छन् ।

मार्क्सवादी विचारधारामा हुर्केर आजसम्मको यात्रा गरेका बाबुरामले सबैलाई समेट्नको लागि मात्रै हो या व्यवहारिक रूपमा नै प्रस्तुत हुनेछन् सबैको चासोको बिषय बनेको छ । देश विदेशमा रहेका जोस जाँगर भरिएका युवा र बिद्यार्थीहरु पनि नयाँ शक्ति कसरी अघि बढ्छ चासोका साथ नियालिरहेका छन् । सांगठनिकरुपमा नयाँ शक्तिलाई देशभर विस्तार गर्नको लागि अर्को ठूलो महत्वपुर्ण चुनौति छ किनकी गाउँगाउँमा अन्य पार्टीको बलियो बर्चस्व रहेको छ । खासगरी एमाले र काँग्रेसले गाउँगाउँमा विभिन्न सहकारी, एनजीओ, आईएनजिओलगायतका संघसंस्थामार्फत कार्यकर्ता र भोटरहरुलाई बलियो स्थितिमा राखेका छन् । चुनावमा जानुपर्ने अवस्थामा सहानुभूति र नाराले मात्रै काम गर्दैन यी सबै कुरामा ध्यान दिन जरुरी हुनेछ । यसका लागि देशभर मात्रै नभएर विदेशमा रहेका लाखौं नेपाली युवा जमातमा नयाँ शक्तिले लहर र माहौल श्रृजना गर्नुपर्नेछ । यो माहौल पैदा गर्न देश र समाज अनि केही पुरानै राजनीतिमा ख्याति प्राप्त गरेका लोकप्रिय र जनताले विश्वास गरेका योग्यता र क्षमतावान युवाहरुलाई नयाँ शक्तिमा समेट्ने कार्य प्राथमिकतामा राखिनुपर्दछ । बिशेष गरि बिदेशमा रहेका लाखौं नेपालीको मन जित्न सके उनिप्रतिको जनलहर बढेर जानेछ ।
यस्ता अनेकौँ चुनौतिहरुका बाबजुद नयाँ शक्ति बाबुरामको विद्धता र क्षमता प्रदर्शन गर्ने अन्तिम मौका पनि सावित हुन सक्नेछ । चुनौती बिनाको कुनैपनि सहज अवसर त मिल्दैन त्यस्तै यो चुनौति र आरोपहरुलाई पन्छाएर उनले भन्ने गरेको आर्थिक समुन्नतिको दिशातिर मुलुकलाई डोहोर्याउन सकेमा बाबुरामको नाम इतिहासमा सुनौलो अक्षरमा नेपाली देङजियो पिङको रुपमा लेखिने छ । जसको लागि उनीसँग शहरी विकास र योजना सम्बन्धि उच्च ज्ञान छ, बितेका दिनमा इतिहासकै सफल अर्थ मन्त्री र तुलनात्मक रूपमा लोकप्रिय प्रधानमन्त्रीको रुपमा काम गरेको अनुभव पनि छ । अर्को कुरा जसजसले जति नै आरोप लगाए पनि उनि व्यक्तिगत लोभलालचमा नपर्ने गहन चिन्तनको बारेमा बहस गर्न रुचाउने र तुलनात्मक रुपमा स्वच्छ छविको नेताको रुपमा परिचित छन् ।

अब बाबुरामले संयम कदममार्फत नयाँ शक्तिलाई अझै व्यापक छलफल र बहस पछि देशभर उत्साहजनक माहौल पैदा गर्दै निश्चित आकार दिन जरुरी छ । पार्टीको स्वरुप पनि परम्परागत शैलीको नबनाई योजनाको नीति निर्माण गर्ने छुट्टाछुट्टै तहका इकाईहरु केन्द्रीय तहमा र कार्यान्वयनका लागि बेग्लाबेग्लै किसिमका संगठानिक संरचनाको मोडलको अभ्यास गर्दा उपयुक्त हुनेछ । र यी ईकाईहरुको जिम्मेवारी अत्यन्तै पारदर्शी तरिकाले मात्रै योग्यता र क्षमताको आधारमा विभाजन गर्नु उपयुक्त हुनेछ । यसो गर्दा नेतृत्व सधैं कुसल र योग्य अनि पारदर्शी रहिरहन सक्छ । जब नेतृत्वमा नातावाद, कृपावाद, पदलोलुपता, लोभ लालच, भ्रष्ट जीवनयापन बढ्दै जान्छ तब पतन हुनुको विकल्प रहने छैन । यसकारण पनि अनुशासन र नेतृत्व विकासमा नयाँ शक्तिले बिशेष ध्यान पुर्‍याउन आवश्यक हुने छ ।
नयाँ शक्तिलाई आकार दिएर योजनागत रुपमा देश विकासको नौलो र व्यवहारिक मोडल तयार गर्दै कुसल शासन दिनसक्ने नेतृत्वमार्फत अगाडि बढेको खण्डमा हाल बाबुरामका सामुन्ने खडा रहेका चुनौती र आशंकाहरु कम हुँदै अवसरको रुपमा नयाँ शक्ति वास्तविक शक्तिमा परिणत हुनेछ र देशमा चाहिएको आर्थिक समुन्नतिका ढोकाहरु खुल्नेछन् ।
लेखक सुचना प्रविधि ईन्जिनियरको रुपमा कतारमा कार्यरत छन्।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay