scheduleमगलवार मंसिर १६ गते, २०७७

पाल्पा आक्रमणको दिन पारेर विप्लवको जनपरिषद् घोषणा

biplav maoist palpa

पाल्पा, १९ माघ । तत्कालिन नेकपा माओवादीले १० बर्षे जनयुद्धको उत्कर्षको उत्तरार्ध अर्थात् २०६२ माघ १८ गतेको सम्झना गर्दै विप्लव नेतृत्वको नेकपा माओवादीले सोमबार पाल्पामा जनपरिषद् घोषणा गरेको छ ।

उक्त दिन पाल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई कब्जामा लिएर पाल्पा दरबारमा रहेको जिल्ला प्रशासनलाई लगातार २४ घण्टासम्मको लडाईले विजय गरेको थियो । यसै दिनको सम्झनामा माओवादीले मगरात स्वायत्त प्रदेश अन्तर्गत पाल्पामा पाल्पा जिल्ला जनपरिषद् घोषणा गरेको हो ।

घोषणासभाका प्रमुख अतिथीको नेकपा माओवादीको पोलिट्व्यूरो सदस्य तथा जनपरिषद्का केन्द्रिय प्रमुख सन्तोष बुढा मगरले कथित संसदिय दलहरुको सत्ताले सोझा ईमान्दार, देशभक्त क्रान्तिकारीहरुलाई अन्याय, अत्याचार गर्ने र दलालहरुको संरक्षण गरिरहेको हुँदा जनतालाई उचित न्याय दिलाउनको लागि आफूहरुले जनसत्ता ब्युँताएको बताए ।

कार्यक्रममा केन्द्रिय जनपरिषद्का सदस्य तथा थारु मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष संघप्रसाद थारु मगरात स्वायत्त परिषद्का उपप्रमुख पार्वती विक, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य तथा लुम्बिनी अञ्चल ईन्चार्ज प्रकाश डुम्रेलगायतले सम्बोधन गरेका थिए ।
जनप्रतिनिधिसभाको प्रथम अधिवेशनले विजय बुढाको अध्यक्षतामा ४५ सदस्यीय जनप्रतिनिधि सभा घोषणा गरेको छ । सभाले कार्यकारी जनपरिषद्मा भुवन जिसी प्रमुख तथा सिर्जना मल्ल उपप्रमुख रहने गरी १५ सदस्य रहेको घोषणा समेत गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay