scheduleमगलवार मंसिर ३ गते, २०७६

अमेरिकी हवाई आक्रमणमा २९ आइएस आतङ्ककारी मारिए

Afghanistanजलालावबाद (अफगानिस्तान), १९ माघ । अफगाननिस्ताको नान्र्गाहार प्रान्तमा गएराति गरिएको अमेरिकी सेनाको हवाई आक्रमणमा करिब २९ इस्लामिक स्टेट, (आइएस) आतङ्ककारी मारिएको समाचार छ । सरकारी स्रोतले मङ्गलबार सो जानकारी दिएको छ ।

सोमबार राति आचिन जिल्लाको मोमान्द दरा इलाकामा आइएसको आखडालाई लक्ष्यगरी विदेशी बलले चार वटा हवाई आक्रमण गरेको जनाइएको छ ।

मारिएकाहरुमा प्रतिबन्धित समूहको रेडियो स्टेसनमा काम गर्ने पाँच कामदार र पाँच अतिवादी समूहका पाँच व्यक्तिसमेत रहेका जनाइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट १२० किलोमिटर पूर्वमा पर्ने जलालाबाल सहर भएको सो हवाई आक्रमणमा उच्चस्तरीय आइएस सदस्यहरु पनि मारिएका जनाइएको छ ।

मङ्गलबार बिहान पनि जलालाबाद र आचिन जिल्लामा मङ्गलबार बिहान पनि अमेरिकासँग आवद्ध हवाई आक्रमण जारी रहेको जनाइएको छ । रासस/एपी

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage