scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

क्युबाबा राष्ट्रपति राहुल क्यास्ट्रो फ्रान्समा

Rahul Castroपेरिस, १९ माघ । क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रोले आफ्नो फ्रान्स भ्रमणको दोस्रो दिन यहाँ उच्चपदस्थ अधिकारीसँगको भेटलाई निरन्तरता दिए ।

क्युबाली राष्ट्रपतिको फ्रान्स भ्रमण दुई देशबीचको आर्थिक एवम् व्यवसायीक सम्बन्धलाई सुदृढ गर्ने लक्ष्यका साथ भएको क्युबाले जनाएको छ ।

राष्ट्रपति राहुल क्यास्ट्रोले मङ्गलबार युनेस्को प्रमुख आरिना बोकोबा, फ्रान्सेली प्रधानमन्त्री म्यानुएल भल्स र पेरिसका नगरप्रमुख एन्ने हिडाल्गोसँगको भेटघाटमा व्यस्त रहने कार्यक्रम छ ।

राष्ट्रपति क्यास्ट्रोले मानव उत्पत्ति सम्बन्धमा अध्ययननार्थ निर्माण गरिएको प्रसिद्ध म्युजियम, म्युजी डे एल होमको पनि मंगलबारै अवलोकन गर्ने कार्यक्रम छ ।

उनले सोमबार फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ अलान्दसँग भेटेका थिए ।

भेटको सन्दर्भमा अलान्दले अमेरिकालाई क्युबामा लगाउँदै आएको आर्थिक प्रतिबन्धलाई छिट्टै फुकुवा गर्न आग्रह गरेका थिए। रासस/एपी

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage