scheduleमगलवार कार्तिक २६ गते, २०७६

उत्तर कोरियाले दक्षिण कोरियाली जमिनमा के खसाल्न थाल्यो यस्तो ?

एजेन्सी । उत्तर कोरिया र दक्षिण कोरियाबीचको सम्बन्ध फेरि एकपटक तनावपूर्ण बनेको छ । दुई मुलुक एक अर्काविरुद्ध प्रोपोगाण्डा फैलाउन सक्रिय भएका छन् । यसैक्रममा उत्तरकोरियाले आफ्नो सीमा क्षेत्रबाट दर्जनौं बेलुन उडाएर दक्षिण कोरियाली जमिनमा चुरोटको ठूटा र प्रयोग भइसकेका ट्वाइलेट पेपरहरु खसाल्न थालेको छ ।

North korea

उत्तरले यसरी खसालेको फोहोरका कारण सीमा क्षेत्रका दक्षिण कोरियाली जमिन दुर्गन्धित बन्न थालेको छ । साथै उत्तरकोरियाले बायो केमिकल आक्रमणसमेत गर्न सक्ने सम्भावना दक्षिण कोरियाली अधिकारीहरुले औंल्याएका छन् ।

Korea

बेलुन उडाएर दक्षिण कोरियाली जमिनसम्म पुर्याउनका लागि एउटा सानो डिभाइसको प्रयोग गरिएको पाइएको छ ।

उत्तर र दक्षिण कोरियाबीच यसकिसिमको तनाव उत्पन्न भएको यो पहिलो पटक होइन । यसअघि पनि यी दुई देशले सीमा क्षेत्रमा ठूला-ठूला स्पिकर राखेर एकअर्काविरुद्ध प्रोपोगाण्डा फैलाउने गरेका थिए ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage