scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

चौध हजार फिटमाथि उडिरहेको प्लेनमा विस्फोट, एक यात्रु जल्दै तल खसे (भिडियोसहित)

एजेन्सी । मोगादिशुबाट जिबूटीतर्फ जाँदै गरेको एक विमान १४ हजार फिटको उचाइमा रहँदा विस्फोट भएको छ । लो इन्टेन्सिटीको यो विस्फोटबाट प्लेनमा एउटा ठूलो भ्वाङ पर्यो । यद्यपी पाइलटले तुरुन्त मोगादिशु एयरपोर्टमा इमरजेन्सी ल्याण्डिङ गराउन सफल हुँदा यात्रुहरुको ज्यान भने बचेको छ ।

Blast in plane 1

त्यो भ्वाङबाट एक प्यासेन्जर बाहिर बाहिर हुत्तिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । डाल्लो एयरलाइन्सको A321 एयर बस यस्तो दुर्घटनामा परेको हो । दुर्घटनाको समय प्लेनमा ७४ यात्रु सवार थिए ।

यस विमानले सोमालियाको मोगादिशुबाट जिबूटीका लागि उडान भरेको थियो । टेक अफको ५ मिनेटपछि नै विमानमा विस्फोट भयो । विस्फोटबाट विमानमा ६ फुट चौंडा भ्वाङ परेको छ । सो भ्याङबाट एक यात्रु जल्दै तल खसे । दुर्घटनामा तिसहित अर्का एक यात्रु गम्भीर घाइते भएका छन् ।

Blast in Plane

विस्फोट हुँदा विमान एयरपोर्टबाट २४ किलोमिटर टाढा र १४ हजार फिटको उचाइमा थियो । विमानमा भ्याङ परेपछि लो-प्रेशरका कारण प्यासेन्जरले अक्सिजन मास्क लगाउनु परेको थियो ।

विस्फोटपछि प्लेन भित्रै एक यात्रुले खिचेको भिडियोसमेत सार्वजनिक भएको छ । डेलिमेलले राखेको सो भिडियोमा प्यासेन्जर खस्दै गरेको भने देखिएको छैन ।

सोमालियाको डाल्लो एयरलाइन्सले यस घटनाको जाँच सुरु गरेको छ । स्मरण रहोस्, सोमालिया इस्लामिक आतङ्ककारी संगठन अल शबाबको गढ हो । यो विस्फोटमा पनि अल शबाबकै हात हुनसक्ने अाशंका गरिएको छ ।

भिडियो:

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage