scheduleबिहिवार श्रावण २ गते, २०७६

पाँच वर्षमै ‘ढुंगेयुग’मा फर्किसकेको सिरियाको कथा, तस्बिर हेर्दा आँसु चुहिन्छ (फोटोफिचर)

syria11

एजेन्सी । यो देश पूरा खण्डहरमा परिणत भइसकेको छ । लाखौं मानिस यहाँबाट सुरक्षितस्थानतर्फ भागिसकेका छन् । करिब एक करोड मानिस घरबारविहीन भएका छन्, भने सडकमा हिंसा मच्चिएको छ ।

syria10

मात्रै ५ वर्षमा यो देश ‘ढुंगे युग’मा फर्किसकेको छ । यो कहानी सिरियाको हो ।

syria9

एक नजर सिरियन सिभिल वारमा

१५ मार्च २०११ मा प्रजातन्त्रका लागि आन्दोलन सुरु भएको थियो । यसले विस्तारै सरकारविरोधी विद्रोहको रुप लियो । बितेको पाँच सालमा सिभिल वारमा विद्रोहीहरुको अलग-अलग ग्रुप सिरियन प्रेसिडेंट बशर अल-असदको खिलाफ लडिरहेका छन् । पूरा देश युद्ध मैदान बनिसकेको छ । सिरियामा यस्तो कुनै शहर बाँकी छैन, जहाँ हिंसा नभड्किएको होस् ।

syria8

संयुक्त राष्ट्रसंघको रिपोर्ट अनुसार हालसम्म करिब तीन लाख सिरियनले ज्यान गुमाइसकेका छन् । देशो आधा जनसंख्या यानिकी १.१ करोड नागरिक बेघर भएका छन् । लाखौं देश छोडेर युरोप छिरेका छन् ।

syria7

अगस्ट २०१३ मा असदले दमाश्कसबाहिर विद्रोहीको इलाकामा रासायनिक हतियारबाट हमला गरेका थिए । यसक्रममा सयौंको ज्यान गएको थियो । सिभिल वारकै मौका छोपेर इस्लामिक स्टेटले कैयन शहरमा कब्जा जमाएको छ ।

syria6

अमेरिकन र रसियन एयरफोर्सले आइएसविरुद्ध दिनदिनै हवाई हमला गरिरहेका छन् । आकाशबाट अमेरिकी र रसियन अमला तथा जमिनबाट सरकारी र विद्रोही सेनाबीचको भिडन्तले सिरिया वर्षौंसम्म नउठ्नेगरी थला परिसकेको छ ।

syria5
 
syria4
 
syria3
 
syria2
 
syria1

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob