scheduleमगलवार मंसिर ३ गते, २०७६

अमेरिकी ट्वीन टावर हमलाबारे १४ वर्षपछि रोचक खुलासा, लादेनले यसरी चोरेका थिए आईडिया !

एजेन्सी । न्यूयोर्कको ट्वीन टावर र पेंटागनमा सन २००१ सेप्टेम्बर ११ मा अलकायदाले गरेको हमलाका विषयमा नयाँ र निकै रोचक तथ्य सार्वजनिक भएको छ । ९/११ हमलाका लागि अलकायदा प्रमुख ओसामा बिन लादेनले आईडिया अरु कसैबाट चोरेका थिए । यसैगरी पहिले भएको घटनाबाट आईडिया चोरेर लादेनले ट्वीन टावरमा हमला गरेको १४ वर्षपछि खुलासा भएको हो ।

 

मिश्रका पाइलटबाट चोरिएको थियो आईडिया !
इजिप्सियन एयरलाइन्सका एक को-पाइलटले सन १९९९ मा जानीजानी प्लेन क्र्यास गराएका थिए । त्यसक्रममा १०० अमेरिकनसहित २१७ जनाको ज्यान गएको थियो । प्लेन क्र्यास गराउने को-पाइलट थिए गमील अल बतूती । उनले इजिप्ट एयरको फ्लाइट ९९० विमान अट्लान्टिक सागरमाथि आत्मघाती क्र्यास गराएका थिए ।
Laden
सो प्लेन क्र्यासबारे जानकारी पाएपछि लादेनले भनेका थिए रे, ‘उसले नजिकका बिल्डिङहरुमा किन विमान ठोक्काएन ?’अल कायदाको साप्ताहिक म्यागेजिन अल मसराहलाई उद्धृत गर्दै जेरुसेलम पोस्टमा खबर छापिएको छ । अलकायदाको म्यागेजिनमा ‘सेप्टेम्बर-११ द स्टोरी अनटोल्ड’ शीर्षकमा यो रिपोर्ट छापिएको छ ।

 

खालिद शेख मोहम्मदसँग भेटेका थिए लादेनले

जेरुसेलम पोस्टमा छापिएको रिपोर्टअनुसार त्यसपछि लादेनले खालिद शेख मोहम्मदसँग भेटेर सोही इजिप्सियन पाइलटले प्लेन क्र्यास गराएकै शैलीमा अमेरिकामाथि हमला गर्ने योजना सुनाएका थिए । खालिद शेखलाई ९/११ हमलाको मास्टर माइण्ड मानिन्छ । सुरुमा १२ वटा प्लेन क्र्यास गराउने योजना बनेको थियो । तर, अन्त्यमा वर्ल्ड ट्रेड टावर र पेंटागनमा हमला गर्ने तय भएको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage