scheduleमगलवार कार्तिक २६ गते, २०७६

यमनका अल कायदा प्रमुखसहित आठको मृत्यु

आदेन, २१ माघ । अमेरिकी हवाई कारबाहीमा परी दक्षिणी यमनमा बिहीबार अल कायदाका एकजना वरिष्ठ नेताको ज्यान गएको छ । दक्षिणी यमनी नगरमा बिगत लामो समयदेखि यमनी तथा अमेरिकी सेनाले यस्तो हवाई कारबाही गर्दै आएको छ ।

बिहीबारको सो कारबाहीमा परी अल कायदा नामक आतङ्ककारी सङ्गठनका अरु छ जना पनि मारिएका यमनी सेनाले जानकारी दिएको छ । अमेरिकी सेनाको नेतृत्वको सो कारबाहीमा परी यमनको अल कायदाकै प्रमुख मारिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
Al Qaeda Chief yeman

यमनको अल कायदाका प्रमुख जलाल बेलादीको ज्यान गएको उनको परिवारका एकजना सदस्यले जनाएका छन् । उनी यमनमा अबु हम्जाका नामले पनि चिनिदै आएका थिए ।

उनी अल कायदाका उच्च कमाण्डर तथा यमनको अल कायदा समूहका अध्यक्ष पनि थिए । उनका साथमा उनका दुई जना अंगरक्षक पनि रहेका र ती अंगरक्षक पनि सो आक्रमणमा मारिएका बताइएको छ ।

दक्षिणी यमनको अबियान प्रान्तको माराक्वेसा नगरमा सो हमला भएको थियो । अमेरिकी सेनाले तिनै व्यक्तिलाई लक्ष्य गरेर सूचनाको आधारमा नै सो हमला गरेको जनाएको छ ।

उता दक्षिणी यमनै सबाहा प्रान्तको राधुम क्षेत्रमा पनि बुधबार राति गरेको अर्काे एक हवाई कारबाहीमा थप छ जना मारिएका छन् ।

मारिनेमा अल कायदाकै लडाकू परेका अधिकारीहरुले जनाएका छन् । उनीहरका अनुसार सो क्षेत्रमा विगतका केही दिनदेखि अल कायदाका लडाकूहरुको उपस्थिति बढेको सूचना प्राप्त भएको थियो ।

सोही सूचनाका आधारमा लडाकूहरुले पार्किङ गरी राखिएको सवारी साधनका क्षेत्रमा अमेरिकी सेनाको युद्धक विमानले सो हमला थालेको थियो ।

यमनका केही नगरमा सरकार समर्थित र सरकार विरोधी हतियारधारीको झडप निरन्तर जस्तो हुने गरेको छ ।

पछिल्लो समयमा त्यहाँको सरकारका विरुद्धमा हुथी विद्रोहीले पनि आक्रमण गर्ने गरेका छन् । उनीहरुका विरुद्धमा पनि सेनाले कारबाही गर्ने गरेको छ । रासस/एएफपी

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage