scheduleबिहिवारबैशाख ९ गते, २०७८

समस्या नेता होइनन्, हामी जनता हौं

लिलामणि पौडेल

हामी नेपाली जनता (खासगरी पढे लेखेका शिक्षक, कर्मचारी, व्यापारी, ठेक्का पट्टा गर्ने, प्राइभेट सेक्टरका टाठाबाठाहरु, एनजिओ संचालकहरु) आफ्नो स्वार्थ अनुसार नेता बनाउँछौ । त्यो नेताको इमान्दारिता र क्षमता भन्दा पनि उनीहरुलाई नेता बनाउने बेलामा हामीलाई हाम्रो स्वार्थको बढी ध्यान हुन्छ । अनि हामी नै चिया पसलमा बसेर देश विकास भएन, यो नेताले घुस खायो, त्यो नेताले घुस खायो भनेर आफुलाई सबै भन्दा जान्नी र बाठो देखाउन खोज्छौ । हामी हाम्रो स्वार्थलाई हेरेर नेता एक प्रकारको बनाउँछौं । अनि त्यो नेताबाट इमान्दारिताको आशा गर्छौं ।

Lilamani Poudelजस्तो कि गगन थापालाई जसले नेता बनाएका छन्, तिनीहरुको पनि स्वार्थहरु छन् । तिनीहरुको स्वार्थ पूरा भएन भने गगन थापालाई उनीहरुले पछाडि धकेलेर अरु कसैलाई अगाडी बढाउँछन् । त्यसैले गगनले पनि उनीहरुको स्वार्थको ख्याल राख्नै पर्यो । हाम्रो समस्याको जड कारण केहि नेता होइनन् । बरु तिनीहरुलाई नेता बनाउने हाम्रो व्यवहार हो । नेता पनि एउटा व्यक्ति हो र हरेक व्यक्ति प्राकृतिकरुपमा नै विभिन्न कमिकमजोरीले भरिएको हुन्छ । मेरा पनि कमिकमजोरीहरु होलान् । तपाईका पनि होलान् ।

चीनमा घुस खानेलाई मृत्युदण्डसम्मको सजायँ हुन्छ तर पनि घुस खाएका समाचारहरु आइरहन्छन् । त्यसैले जबसम्म हामी नेपाली जनताले हाम्रो नेता चयन गर्ने मापदण्ड परिवर्तन गर्दैनौं । तबसम्म केही भ्रस्ट नेतालाई सजायँ दिंदैमा वा केही इमान्दार नेताहरु मन्त्रि बन्दैमा हाम्रो मुख्य समस्या उल्लेखनीयरुपमा समाधान हुनेवाला छैन ।

दुःखको कुरो, अहिले जेजति ठूलाबडा नेताहरु छन्, धेरैजस्तो हामीहरुकै स्वार्थमा नेता बनेका छन् । त्यसैले हाम्रो मानसिकता र सिस्टममा आमूल परिवर्तन नगरिकन केहि नेताहरुबाट मात्र समस्याको समाधान खोज्नु क्षयरोग लागेको व्यक्तिलाई सिटामोलले निको पार्ने प्रयास गर्नु सरह हो जस्तो लाग्छ मलाई । आज राति सुत्नु भन्दा आगाडि यो कुरा मनन गर्नुहुँदैन, सबै देशप्रेमी नेपालीलाई अनुरोध गर्दछु ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay