scheduleमगलवार कार्तिक २६ गते, २०७६

संसारलाई रुवाएर बिदा भए वासिल, कसको मन नरोला यी बहादुर बच्चाको कहानी सुन्दा !

एजेन्सी । अफगानिस्तानका एक ११ वर्षीय बालकले तालिबानविरुद्ध लडेको युद्धको कहानी सुन्दा जो कोहीपनि अचम्ममा पर्छ । तालिबानी आतङ्ककारीहरुले उनको बाबुको हत्या गरिदिएका थिए । आफ्नो बाबुको हत्याको बदला लिन वासिल अहमद नामका यी बालकले हतियार उठाए ।

एकदुई दिन होइन ४३ दिनसम्म तालिबानको घेराबन्दीविरुद्ध लड्न खडा गरिएको प्रहरी टुकडीको कमाण्डर बनेर त्यसको नेतृत्व गरे । उनलाई आफ्नो इलाकामा हिरोको दर्जा मिलेको थियो ।

Wasil Ahmad 1

यस दौरान उनले कैयन तालिबानी आङ्ककारीहरुलाई मृत्युको बाटो देखाए, करिब ३ हजार गोली खर्च गरे । तर अफसोच यसैसाता तालिबानी आतङ्ककारीले त्रायन कोटमा यी बालकको हत्या गरेका छन् । तालिबानको यो कुकृत्यको अहिले विश्वभरबाट निन्दा भइरहेको छ ।

अब चर्चा सुरु भएको छ, के उनको मृत्युमा मिडिया र सोसल मिडियाहरु जिम्मेवार छैनन् ? जसले उनलाई यतिधेरै चर्चाको पात्र बनाए कि जुन तालिबानीहरुका लागि महत्वपूर्ण सुराक बन्यो । के उनले आफ्नो लोकप्रियताको मूल्य चुकाएकै हुन् ? विषय निकै गम्भीर छ । यदि मिडियाले उनको गोपनियताको सम्मान गरेको भए सायद यी बहादुर बच्चाले ज्यान गुमाउनु पर्दैन थियो कि ? विश्वभर अहिले यही कोणबाट चर्चा र बहस भइरहेको छ ।

 

१० वर्षको उमेरमा लिएका थिए तालिबानविरोधी मोर्चाको नेतृत्व

Wasil Ahmad 2

वासिलका बाबु र काका तालिबान कमाण्डर थिए । तर, पछि यी दुबै सरकारसँग आत्मसमर्पण गरेर आफ्नो गल्तिको पश्चाताप गर्दै तालिबानविरोधी लडाईंमा सक्रिय भए । अहिले ति बालकका काका उर्जगन जिल्लाको उर्जगन क्षेत्रमा स्थानीय अफगान पुलिस कमाण्डर छन् । एक वर्षअघि वासिलका बाबुको तालिबानी आतङ्ककारीले हत्या गरेका थिए ।

बाबुको मृत्युले विक्षिप्त भएको वासिलले तालिबानविरुद्ध लड्ने संकल्प गरे । यसक्रममा काकासँगै उनले पनि एके-४७ देखि लिएर गन, मोटार र रकेट लञ्चरसमेत चलाउने तालिम लिए । उनमा बदलाको भोक यति थियो कि, जसले यी अत्याधुनिक हतियार चलाउन सिक्न उनलाई केही दिन नै पर्याप्त भयो ।

Wasil Ahmad

गत समरमा उनको क्षेत्रमा तालिबानले कब्जा जमायो । यस हमलामा वासिलका काकासहित कैयन घाइते भए । त्यसपछि यी साहसी बालकले सरकारी फौजको तर्फबाट युद्ध मोर्चाको कमाण्ड लिए । नेतृत्वमात्रै लिएनन्, स्वयम् युद्धमोर्चामा होमिएर कैयन तालिबानी लडाकुलाई मृत्युको बाटो देखाए ।

अन्य ७५ जना सिपाहीलाई साथमा लिएर उनले आफ्नो क्षेत्र तालिबानको कब्जाबाट मुक्त गराए । तालिबानको टुकडी यति ठूलो थियो कि वासिलको फोर्सभन्दा कैयन गुणा ठूलो । ४३ दिनको लगातार युद्धपछि वासिलले सफलता हासिल गरेका थिए ।

त्यसपछि उनलाई त्रायन कोट ल्याइयो । त्यहा एक स्कूलमा भर्ना गराइयो । वासिल पढ्नमा एकदमै तेज थिए । उनको अंग्रेजी निकै राम्रो थियो । यतिबेलासम्म उनी सेलिब्रेटी नै भइसकेका थिए । सोसल मिडियामा पनि उनको बहादुरीको निकै चर्चा र प्रसंसा भयो ।

अन्तराष्ट्रिय मिडियाका लागि निकै ठूलो खबर बन्यो । तर, यही चर्चा र लोकप्रियताको मूल्य वासिलले मृत्यूको रुपमा चुकाएका छन् । अहिले विश्व रोइरहेको छ । यसै साता आफ्नो स्कूलतर्फ गइरहेकाबेला तालिबानीहरुले उनको हत्या गरेका छन् ।

 

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage