scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

‘ज्यूँदै छन् लादेन, अमेरिकाले दुनियाँलाई ढाँट्यो’

Osama Bin laden

 

अमेरिकी खुफिया एजेन्सी सिआइएका पूर्व अफिसर एडवर्ड स्नोडेनले सनसनीपूर्ण खुलासा गरेका छन् । स्नोडेनको दावी छ, ‘अल कायदाका प्रमुख ओसामा बिन लादेन ज्यूँदै छन् र उनी बहामासमा बस्ने गर्छन् ।’

एक अंग्रेजी वेबसाइटका अनुसार स्नोडेनले यसको प्रमाण पनि आफूसँग रहेको दावी गरेका छन् । स्मरणीय छ, अमेरिकाले २०११ मा पाकिस्तानमा उसले लादेनलाई मारेको दावी गर्दै आएको छ । यद्यपि, उनको लास दुनियाँले कहिल्यै देख्न पाएन । अमेरिकाले लादेनलाई मारेपछि उसको लास समुन्द्रमा समाधि गरेको दावी गर्दै आएको छ ।

स्नोडेले भनेका छन्, ‘मसँग यसको प्रमाण छ कि लादेन सिआइएको प्रतिज्ञामा रहेका छन् । उनलाई हरेक महिना एक लाख डलर मिल्छ । यो रकम नसाउमा उनको बैंक एकाउन्टमा जम्मा हुन्छ ।’ सिआइएका पूर्व एजेन्टका अनुसार उनलाई यो थाहा छैन कि लादेन अहिले कहाँ छ । तर २०१३ मा उनी आफ्नो पाँच श्रीमतीहरुका साथ एउटा बंगलामा बस्दथे, उनीसँग उनका बच्चाहरु पनि सँगसँगै रहन्थे ।

स्नोडेनले यसअघि पनि लादेन ज्यूँदै रहेको दावी गर्दै आएका थिए । उनको दावी थियो, सिआइएले लादेनको मृत्यूको बारेमा झूटो बोलिरहेको छ । स्नोडेनका अनुसार सिआइएले बहामासको गोप्य स्थानमा लादेनलाई राखेर षड्यन्त्र गरिरहेको छ ।

उनी भन्छन्, ‘सिआइएले आफ्नो मस्ट वान्टेडलाई कसरी मार्न सक्छ ? अमेरिकाले पाकिस्तानसँग मिलेर संसारलाई धोका दिइरहेको छ र यसैको लागि लादेनको मृत्यूको षड्यन्त्र रचेको हो ।’

सिआइएका यी पूर्व अफिसरका अनुसार, दाह्री नपालेका र सामान्य पोशाकमा हिंड्ने लादेनलाई कसैले पनि चिन्न सक्दैन । स्नोडनका अनुसार उनले आफ्नो किताबमा लादेन ज्यूँदो रहेको प्रमाण पेश गर्नेछन् ।

snowden-bin-ladden

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage