scheduleमगलवार कार्तिक २६ गते, २०७६

उत्तरकोरियाली रकेट प्रक्षेपणले बढायो तनाव

Rocket North Koreaसोल, २५ माघ । उत्तर कोरियाले आइतबार गरेको विवादास्पद लामोदुरीको रकेट प्रक्षेपणले विश्वव्यापी रुपमा तनाव बढाएको छ ।

यस प्रक्षेपणले विशेषगरी उसका छिमेकी राष्ट्रहरु दक्षिण कोरिया र जापानमा झनबढी तनाव थपिदिएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

उता उत्तर कोरियाले भने सो प्रक्षेपणको कार्य सफलतापूर्वक सम्पन्न भएको भन्दै त्यसको व्यापक मात्रामा प्रचार प्रसार गरिरहेको जनाइएको छ ।

केही समयमात्र अघि हाइड्रोजन बम परीक्षण गरेको यस देशलाई अब यसले आगामी दिनमा अरु शक्तिशाली मिसाइल पनि प्रक्षेपण गर्नसक्ने भन्दै त्यसको विश्वव्यापी विरोध भएको बताइएको छ ।

यसअघि उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको समयमा पनि त्यसको विरोध गरिएको थियो । यस रकेट प्रक्षेपणको तयारीको समाचार आएकै समयमा विरोध भएको थियो ।

आइतबारको लामो दुरीको भनिएको यस रकेट प्रक्षेपणपछि संयुक्त राज्य अमेरिका, चीन, संयुक्त राष्ट्रसंघले यस घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।

उनीहरुले यस प्रक्षेपणले संयुक्त राष्ट्रसंघको शान्ति र निशस्त्रीकरणसम्बन्धी प्रस्तावको उल्लङ्घन गरेको भन्दै यसका लागि कोरियालाई आवश्यक कारबाही गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले यस घटनाको विरोध गर्नुभएको छ । उहाँले उत्तर कोरियाको यस कार्यलाई उत्तेजनात्मक भन्दै संसारभरि नै यसले उत्तेजना बढाउने मात्र कामगर्ने प्रतिक्रिया दिएका छन् । रासस/एएफपी

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage