scheduleआइतवार श्रावण ५ गते, २०७६

तालिवानसँग शान्तिवार्ताका लागि अफगान राष्ट्रपतिको प्रतिबद्धता

Ashraf Ghaniकाबुल, २८ माघ । अफगान सरकारले राष्ट्रिय मेलमिलाप प्रक्रिया अगाडि बढाउन तालिवानसँग शान्तिवार्ता गर्ने राष्ट्रपति मोहमद असरफ घानीको सरकारले बिहीबार प्रतिबद्धता जनाएको छ ।

‘शान्तिको सन्देश प्रष्ट छ, हामी शान्ति चाहन्छौँ, तर आत्मसम्मानका साथ शान्ति चाहान्छौँ, संविधानलाई आधार बनाएर शान्तिवार्ता गर्न चाहान्छौँ र जनताको अधिकारीको गारेन्टी लिएर शान्तिवार्ता गर्न चाहान्छौँ’ अफगान राष्ट्रपतिले काबुलस्थित अफगान वायु बल शिविरमा भएको एक समारोहमा बताएका छन्।

तालिवानको शान्तिवार्ताको विषयमा चार राष्ट्र अफगानिस्तान, चीन, संयुक्त राज्य अमेरिका र पाकिस्तानको सहभागिता हुने शान्तिवार्ता आगामी फेब्रुअरी २३ मा हुने बताइएको छ ।

तालिवान शान्तिवार्ताको विषयलाई लिएर चार राष्ट्रको सहभागीतामा भएको पछिल्लो वार्ता गत फेब्रुअरी ६ मा पाकिस्तानको राजधानी इस्लामाबादमा भएको थियो ।

सोही चार राष्ट्रले अर्को चरणको अफगान शान्तिवार्ता फेब्रुअरीको अन्त्यमा हुने तय गरेको थियो ।

अफगान सरकार र तालिवानहरुको प्रतिनिधिबीच जुलाईको सुरुमा शान्तिवार्ताको सुरुवात भएको थियो । तर तालिवान नेता मुल्लाह ओमारको मृत्युको खबरपछि सो शान्तिवार्ता प्रक्रिया विफल भएको थियो ।

अफगान जनता आफ्नो देशमा शान्ति फर्केको हेर्न चाहन्छन् । राष्ट्रपति घानी र अन्य नेताले बारम्बार तालिवानलाई शान्तिवार्ताको प्रस्ताव गर्दै आएका छन् ।

तर तालिवानले विदेशी सैनिक देशमा रहेसम्म वार्ता नगर्ने प्रष्ट गर्दै वार्ता अस्वीकार गर्दै आएका छन् ।

अफगानिस्तानमा रहेका प्रायः अमेरिकी र नेटो सैनिकले सन् २०१४ को अन्त्यमा नै अफगान युद्ध सकिएको घोषणा गर्दै अफगानिस्तान छोडी सकेका छन् ।

तर गत जुलाईको सुरुदेखि करिब १३ हजार विदेशी सैनिक अफगान सुरक्षा बललाई सरसल्लाह र तालिम दिनका लागि त्यहाँ रहेका छन् । रासस/एपी

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob