scheduleबिहिवारबैशाख ९ गते, २०७८

नयाँ शक्ति, बाबुराम र राष्ट्रवाद

तिलक अधिकारी

एउटा परिपाटी, एउटा सिद्धान्त, एउटा विचार सधैँभरी एकै किसिमले विकसित हुन सक्दैन । विविध कालखण्डमा त्यसलाई परिष्कृत, परिमार्जित अझ सजिलो भाषामा भन्दा रुपान्तरण गरी लैजानु आवश्यक रहन्छ । त्यसलाई हेर्न हामी २००७ सालसम्म फर्कन सक्छौं । २००७ सालदेखि २०१५ को आम निर्वाचनसम्म नेपाली कांग्रेसको राजनीति सिद्धान्त विकासको जुन गतिमा थियो, २०१७ सालदेखि बिरेन्द्रक्रो राज्याभिषेकसम्म राजनीतिले फरक मोड लिएको इतिहास हामीमाझ साक्षी छ । २०३६ को जनमत सङ्ग्रको दशकमा अर्को विचार जन्मियो । फलतः २०४६ को जनआन्दोलनमार्फत केही अधिकार प्राप्त भएपनि जनतामा सर्वाधिकार दिलाउन सकेन । परिणामतः मोटो मशाल विचार समूहबाट अलग्गिएर तत्कालीन देउवा सरकारलाई ४० बुँदे मागपत्र बुझाउँदै अर्को विचार जन्मियो माओवाद । त्यसभित्र एउटा विचारले २०५७ सालमा संविधानसभाको माग राख्यो । मागराख्दा कारबाही पनि भोग्नु पर्यो । त्यो विचार आफैमा अग्रगमनको पक्षमा थियो । र त्यही विचारमा लामबद्ध भयो सिङ्गो माओवादी । परिणामतः २०६२ को स्वर्णिम दशकको विजयपथबाट २०६४ को संविधानसभा निर्वाचनमा ठूलो दल बन्न पुग्यो । त्यही विचारको अथक मेहनतमा २०७२ मा देशले नयाँ संविधानको दीपावली मनाउन पुग्यो ।

तिलक अधिकारी
तिलक अधिकारी

माओवादी युद्धको मुख्य अभिभारा भनेकै संविधानसभाबाट संविधान बनाउनु थियो । भने जति नपुगेपनि त्यो अभीष्ट पुरा भएको कुरालाई अतिरञ्जित बनाउनु किमार्थ राम्रो होइन । २०५२ सालबाट मओवादी विचारले आजका मितिसम्म दुई स्वर्णिम चरण पार गरेको छ । पहिलो सशस्त्र जनयुद्धबाट शान्ति प्रक्रियाको चरण । अर्को शान्ति र संविधानको चरण । टुटफुटपछिको एमाओवादी पार्टी यसको मुख्य हर्ताकर्ता हो । अब संविधान बनिसकेपछि २०१५ पछि गिरिजाको मृत्यु अघिसम्मको कांग्रेस, मदन भण्डारीको मृत्युदेखि केपीको राष्ट्रवादसम्मको एमालेकै पारामा पार्टी चलाइरहनु उचित थिएन त्यही भड्कालोबाट एमाओवादी पनि मुक्त हुन चाहेन । एमाओवादीसँग इतिहास साक्षी छ वैद्यको जनगणतन्त्र र जनवाद कहाँ छ ?

त्यसपछि पनि एमाओवादीमा अलग–अगल विचारको अन्तर्संघर्ष भई नै राख्यो । एउटा सडक, सदन र सत्ता, अर्को शान्ति, संविधान र सत्ता । आखिर पछिल्लो विचारको अहम् भूमिकाका कारण संविधान बन्यो । त्यही विचारले एकाध वर्षअघिदेखि एमाओवादीमा रुपान्तरणको बहसलाई चर्काउँदै आयो यहाँनिर त्यो विचारको विजय हुने अवस्था देखिएन फलतः नयाँ विचारको व्यापक मोर्चासहित आर्थिक क्रान्ति सम्पन्न गरी समाजवादमा पुग्न त्यो शक्ति, त्यो विचार बाहिरियो ।

नयाँ विचारकै शब्द सापटी लिएर भन्दा यो संविधान आधा पानी राखिएको गिलास नै हो । त्यो भर्न न एमालेकरण भइसकेको एमाओवादी र प्रचण्डकोे राष्ट्रवादले सक्छ । न त महाकाली सम्झौता गर्ने एमाले र प्रधानमन्त्री बन्नकै लागि जन्मिएको केपीको राष्ट्रवादले ।

नयाँ विचारको पार्टी परित्याग सँगै समर्थन गर्ने र विरोध गर्नेहरुको आ–आफ्नै पहाड बनेको छ यतिबेला । यहाँनिर पनि दुई किसिमको आलोचनाको घेरामा छ त्यो विचार, त्यो शक्ति । पहिलो घर भित्रैकाबाट युद्धरत अवस्थामा संविधानसभा, समावेशी/समानुपातिक, गणतन्त्र, धर्मनिरपेक्षताको माग राखेको, पार्टीलाई शान्ति प्रक्रियाको बाटोमा अवतरण गराएको, जनसेनाको समायोजनमा अग्रणी भूमिका खेलेको, संविधानसभा विघटन गरेको भनी आलोचना गर्नमा उद्धत छ यतिबेला । यो प्रवृत्तिलाई के अनुरोध गर्न सकिन्छ भने संविधानसभाको निर्वाचन गर्नु के गलत थियो ? समानुपातिक/समावेशी प्रतिनिधित्वको आधारमा समतामूलक समाजको निर्माण गर्नु के गलत थियो ? राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना हुनु के गलत नै थियो त ?

युद्ध लम्बियो भने मुलुक आतंकवादमा परिणत हुन्छ । आतंकवादमा परिणत भयो भने हार न जीतको दलदलमा फस्छ र मुलुक आर्थिक, सामाजिक, शैक्षिक हरेक प्रकारले पछाडि पर्छ । के युद्ध लम्बाइरहनु जायज थियो ? संविधान बन्ने निश्चित भइसकेपछि कमरेड प्रचण्डको खुम्चिएको नाक फुकेको फुक्यै छ । सेना राखी राखेको भए कांग्रेस एमालेहरु संविधान बनाउन मान्थे होला र ? के त्यो विचारले पार्टीको सल्लाह बेगर संविधानसभा विघटन गराएको हो ? अर्कोतिर अदालतले एकदिन पनि समय थप्न नमानेको र कांग्रेस, एमाले जेठ १४ गते बैठकमै नछिरेको कुरालाई भुल्न मिल्छ ? दोस्रो संविधानसभा पछि त्यही विचार त्यही शक्तिको प्रयासमा संविधान बनेसँगै एमाओवादीको उचाइ चुलिएको छ कि छैन ?

अर्का आलोचक भनेका उनलाई राष्ट्रको अभिभावक हेर्न चाहने हामी (जनता) नै हौं । उनको पार्टी परित्यागसँगै उनलाई भारत परस्त भनी जुन हावा फैलाइयो हामी पनि आफ्नो कान नछामी कागका पछि दौड्ने काम गर्यौं । यो भनाइमा पूर्ण सत्यता छैन । जुन विचारले भारतले हिन्दुराज्य गराऊ भन्दाभन्दै देशलाई धर्मनिरपेक्षता बनाई छाड्यो त्यो विचार कसरी भारतपरस्त हुन सक्छ । जुन विचारले पार्टी परित्याग गर्दा नाकाबन्दीको घोर विरोध गरेको छ त्यो विचार कसरी भारत परस्त हुन पुग्यो ? जसले वर्तमान प्रधानमन्त्री भारत जाने पूर्वसन्ध्यामा ६ बुँदे सुझाएको छ त्यो विचार कसरी भारत परस्त हुन सक्छ ।

हो बिप्पा सम्झौता गर्ने विचार त्यही हो । गाउँघरमा एउटा उखान छ– ‘भन्या पनि नमान्ने हया पनि नखाने’ आफूले पनि नगर्ने अरुलाई पनि लगानी भित्र्याउन पनि नदिने हो भने देशले कसरी आर्थिक फड्को मार्छ ? यस किसिमको पुरानो प्रवृत्तिबाट न आर्थिक क्रान्ति सम्पन्न हुन सक्छ । न समाजवादमा पुग्न सकिन्छ ।

सके मिलेर बस्ने नसके नयाँ घर बनाएर बस्ने यो व्यक्तिगत स्वतन्त्रता हो । बाबुराम एमाओवादीमा बसिराख्ने संभावना त कमै थियो । अन्ततः पार्टी परित्याग गरे । यहीँनेर के पनि बुझ्न जरुरी छ भने राजनीतिक घर परिस्थितिले निर्माण गर्छ । भाषिक अभिव्यक्ति पनि परिस्थितिको मञ्चबाटै पोखिन्छ । यो विचारको पनि केही कमजोरी पक्कै भएको छन् । पहिलो पार्टीभित्रै अन्तरसंघर्ष गर्दै नयाँ विचार स्थापित गर्ने सुरुङमार्ग कसरी खन्न सकिन्छ त्यो उपायको खोजी गर्नु पर्ने थियो । दोस्रो पार्टी परित्याग संविधान घोषणा अघि या घोषणासँगै उम्लिएको वाफ चिसिएपछि हुनुपर्थ्यो । तेस्रो, परित्याग गर्दा विकास निर्माणमा लाग्ने जुन उद्घोष गरेको थियो त्यही विचारलाई दरिलो बनाउनुपर्ने थियो । तर त्यो विचार कहिले मधेश दौडियो कहिले थारुक्षेत्र । यहीँनिर उसको कुदाइप्रतिको हाम्रो बुझाइ आडम्बरी राष्ट्रवादको स्वरमा सुर ताल मिलाएर मधेशीहरुलाई सिद्रा व्यापारी, विहार र यूपीको सुख्खा जमिनले उमारेको मूल्यहीन बिरुवा ठान्ने हो । यही साँघुरो प्रवृत्तिको दिमागी नशा तन्काउनुपर्छ भन्ने नयाँ विचार हो त्यो ।

नयाँ विचार रामलीला होइन । कृष्ण चरित्र पनि होइन । जहाँ पुरानै आध्यात्मिक चिन्तनमा जीवन बगिरहोस् । यो विचार यो शक्ति रावणको लंका जस्तो पनि होइन, रामको अयोध्या जस्तो पनि होइन । विष्णुको वैकुण्ठ जस्तो पनि होइन । शिवको कैलास पर्वत जस्तो पनि होइन । कुबेरको धनको भण्डार जस्तो पनि होइन । यो शक्ति भीमसेनको जीवन जस्तो हो जहाँ तोरिको गेडागेडा जम्मा गरेर तेल निकालिन्छ ।

अर्को थारु क्षेत्रको भूगोलमा जीवित लामखुट्टेको टोकाइको सफल शल्यक्रिया हुनुपर्छ भन्ने विचार हो त्यो । यो विचार गलत कसरी हुनसक्छ । अर्कोतिर संविधान घोषणा गर्ने अन्तिम पोलासम्म संघर्षरत राष्ट्रवादलाई १६ बुँदेपछि मात्र जन्मिएको नवशिशु राष्ट्रवादको लहलहैमा लागेर भुल्न कसरी मिल्छ ? नयाँ विचारकै शब्द सापटी लिएर भन्दा यो संविधान आधा पानी राखिएको गिलास नै हो । त्यो भर्न न एमालेकरण भइसकेको एमाओवादी र प्रचण्डकोे राष्ट्रवादले सक्छ । न त महाकाली सम्झौता गर्ने एमाले र प्रधानमन्त्री बन्नकै लागि जन्मिएको केपीको राष्ट्रवादले । आखिर त्यो राष्ट्रवाद घरघरमा पाइपलाइनको कुरा उठाएर दिल्लीधामकै आरधनामा लाग्नुलाई अब के भन्ने ? जब कि घरमा चिन्ता ग्याँसकै छ । घरमा चिन्ता तेलकै छ ।

अर्को राष्ट्रवाद । जस घरका मालिकले नयाँ विचारलाई कहिल्यै पत्याएनन् । घरकालाई भन्दा परकालाई बढी विश्वास गरेर राष्ट्रवाद देखाउन खोजे । त्यसैले त पार्टी विसर्जनको भड्खालोतिर हाम फाल्दै रह्यो । बाबुरामको पार्टी परित्याग नयाँ शक्ति जन्माउनकै लागि थियो । यो बच्चा बच्चालाई र बूढाबूढालाई थाह भएकै कुरा हो । उनको पार्टी परित्यागलाई पनि हामीले सक्केको, मासिएको र नासिएको रुपमा बुझेका छौं । हामी यति सानो मन गराएर विश्लेषण गर्नु कदापी सत्य होइन । देशको आर्थिक समृद्धिको लागि एमाओवादीको राष्ट्रवाद, जलप लगाइएको एमालेको राष्ट्रवाद, अरु–अरुको राष्ट्रवाद भन्दा एकमतले, एकमनले भन्न जरुरी छ बाबुरामको अनुहार नै राम्रो छ । नयाँ विचार रामलीला होइन । कृष्ण चरित्र पनि होइन । जहाँ पुरानै आध्यात्मिक चिन्तनमा जीवन बगिरहोस् । यो विचार यो शक्ति रावणको लंका जस्तो पनि होइन, रामको अयोध्या जस्तो पनि होइन । विष्णुको वैकुण्ठ जस्तो पनि होइन । शिवको कैलास पर्वत जस्तो पनि होइन । कुबेरको धनको भण्डार जस्तो पनि होइन । यो शक्ति भीमसेनको जीवन जस्तो हो जहाँ तोरिको गेडागेडा जम्मा गरेर तेल निकालिन्छ ।

यति हुँदा हुँदैपनि वर्तमानमा यो विचारले बुझ्नै पर्ने कुरा पार्टीको संगठन विस्तार तिव्रतर रुपमा अगाडि बढाईहाल्नु पर्नाका कारण के ? किनकि नयाँ शक्ति भनेको त अनेक विचारको एक आवाज हो । यतिबेला शुरुमा उद्घोष गरिए जस्तै खुला बहस र छलफल हुन नसक्नुका कारण के ? । पार्टी निर्माणको हतारो यति धेरै किन ? यो प्रवृत्ति उही पुरानै भएन र ? आम चासोको विषय यो बनेको छ आजभोलि । नयाँ विचारले यी जनचासोलाई ध्यान दिनु जरुरी छ । त्यसैले नयाँ बनौ । नदी किनारको बालुवा होइन तेल निकालौं ।

दाङ

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay