scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

एटिएम प्रयोग गरी चोरी गर्ने महिला पक्राउ

ATMकाठमाडौं, १३ फागुन । अरूको एटिएम कार्ड प्रयोग गरी पैसा चोरी गर्ने नुवाकोट चतुराले घर भई हाल काठमाडौँ, म्हेँपी बस्ने २३ वर्षीया सुनमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बानेश्वर चोकमा रहेको नबिल बैङकको एटिएम शाखामा सेक्युरिटी गार्डमा कार्यरत तामाङले अरूको एटिएम कार्ड प्रयोग गरी पटक–पटक गरेर ५४ हजार रुपैयाँ निकाली चोरी गरेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।

यसैगरी प्रहरीले लुटपाट गर्ने न्युरोड घर भएका ३६ वर्षीय उज्ज्वल तुलाधर र धोबिचौर घर भएका २८ वर्षीय मुखिया गुरुङलाई पक्राउ गरेको छ । बा.३०प १३२१ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले बुधबार राति काठमाडौँ ढल्कुचोकमा कालीमाटी बस्ने रामेछाप तिनुखरी घर भएका राजु प्रकाश श्रेष्ठको सुनको औंठी खोसी कुटपिट गरेर भागेका थिए ।

ढल्कुपुलमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ भागेका उनीहरुलाई प्रहरीले लुटपाट गरेको औँठीसहित पक्राउ गरेको हो । दुबै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage