scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

उपत्यकाका अधिकांश चोकको ट्राफिक बत्ती बल्दैनन्

काठमाडौं, १७ फागुन । काठमाडौँ उपत्यकाभित्र रहेका धेरैजसो ट्राफिक बत्तीले काम नगर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या परेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा काठमाडौं उपत्यकाका अधिकांश सडकको चोकमा रहेको ट्राफिक बत्ती सञ्चालनमा रहेका छैनन् ।

Trafic lightउपत्यकामा रहेका २० स्थानमध्ये १३ स्थानको बत्ती सञ्चालनमा नरहेको ट्राफिक प्रहरीको तथ्याङ्क उल्लेख छ । केशरमहल, दरबारमार्ग, पुतलीसडक, पद्यमोदय मोड, सिंहदरबार, माइतीघर, थापाथली, कालीमाटी, गौशाला, नयाँबानेश्वर, तिनकुने, कोटेश्वर र कौशलटार चोकको बत्ती सञ्चालनमा छैनन् ।

वि.सं. २०६८ मा निर्माण भएको कोटेश्वर-काभ्रेपलाञ्चोक सडकमा रहेको मुनीभैरब, जडीबुटी, गट्ठाघर, ठिमी, चारदोबाटो, सल्लाघारी, सूर्यबिनायक चोकको बत्ती भने प्रयोगमा रहेका छन् ।

यसैगरी पैदल यात्रुका लागि जडान गरिएका बत्ती भने सबै सञ्चालनमा रहेका छैनन् । पुरानो बसपार्क, त्रिचन्द्र क्याम्पस, चाइना टाउन सुन्धारा, भोटेबहाल, कालीमाटी, नयाँसडक प्यूखा, शङ्करदेव, सिंहदरबार चोक र अल्का अस्पताल क्षेत्रको बत्ती पनि सञ्चालनमा छैनन् ।

महाशाखाका प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले उपत्यकामा रहेका अधिकांश स्थानको बत्ती नहुँदा ट्राफिक व्यवस्थापन गर्न गाह्रो भएको बताए । उनले भने, ‘एकातिर सवारी साधन धेरै अर्कातिर ट्राफिक बत्तीले काम नगर्दा व्यवस्थापनमा गाह्रो भएको छ ।’

विश्वमा ट्राफिक बत्ती जडान भएको ४७ वर्षपछि नेपालमा ट्राफिक बत्तीको सुरुवात भए पनि यसले प्रभावकारी ढङ्गले काम गर्न नसक्दा ट्राफिक व्यवस्थापनमा समस्या परेको हो ।

महाशाखाले ट्राफिक व्यवस्थापनका लागि तत्काल सुधार र उपत्यकामा ट्राफिक बत्तीको अवस्था अध्ययन गर्न गत मङ्सिर २ गते प्रहरी उपरीक्षक पोषराज पोखरेलको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । रासस

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage