scheduleमगलवार जेष्ठ ७ गते, २०७६

जोक्स: जब शेरेको घरमा पाहुना आए !

एक दिन शेरेको घरमा पाहुना आउने भएछन् ।

शेरेकी बुढी: घरमा पाहुना आउँदैछन्, दालका सिवाय केही छैन । लौन के गर्ने ?

शेरे: बुढी किन चिन्ता गर्छौं, म छु नि !

सुन, …. जब पाहुना आउँछन् अनि किचनमा एउटा भाँडो खसाल्नु ।

आवाज सुनेपछि मैले सोध्छु, ‘के भयो ?’ तिमीले भन्नु, ‘मासु नै पोखियो ।’ फेरि केहीबेरपछि अर्को भाँडा खसाल्नु अनि भन्नु तरकारी पनि पोखियो ।

त्यसपछि मैले भन्नेछु, ल भैगो त्यही दाल लेराउ ।

केहीबेरपछि पाहुना आउँछन् र खाना खाने समय पनि हुन्छ ।

त्यतिकैमा किचनमा भाँडा खसेको आवाज आउँछ ।

पूर्व योजनाअनुसार नै शेरेले सोध्छ, ‘के भयो ?’

शेरेकी बुढी: त्यही दाल पनि पोखियो !

शेरे ठाउँको ठाउँ बेहोस् ।

Jokes

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob