scheduleसोमवार आषाढ़ ३० गते, २०७६

जोक्स: बाबुभन्दा उट्पट्याङ रहेछ शेरेको छोरो !

Son of Shereशेरेको छोरो एउटा घरको गेट बाहिर बसेर त्यस घरमा घण्टी बजाउने स्वीच थिच्ने प्रयास गरिरहेको थियो, तर उसले सकेको थिएन ।

त्यत्तिकैमा बाटो हिँड्दै गरेको एउटा मान्छेले देखेछ र नजिकै गएर सोधेछ, ‘बाबु तिमी के गर्दैछौ ?’

शेरेको छोरो: हेर्नु न अंकल त्यो घण्टी बजाउन खोजेको सक्दै सकिनँ ।

यति सुनेपछि त्यो मानिसले घण्टीको स्वीच थिच्दियो अनि भन्यो, ‘ल बाबु मैले थिचिदिएँ । अब के गर्ने ?’

अनि शेरेको छोरोले मख्ख पर्दै भन्यो, ‘भयो अंकल, अब भागौं !’

 


नोट: हाँस्नु स्वास्थ्यकालागि फाइदाजनक छ । त्यसैले पाठकहरुको मनोरञ्जनकालागि हामीले दैनिक एउटा जोक्स प्रकाशित गर्दै आएका छौं । यसलाई मनोरञ्जनको साधनकैरुपमा बुझिदिनुहोला । – सम्पादक

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob